काठमाडौं, ३० बैशाख । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिनै लाग्दा नेताहरुको भेट तीव्र पारेका छन्। केही बेर अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुढानिलकण्ठस्थित देउवा निवास पुग्नुभएको छ । उहाँ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न त्यहाँ पुग्नुभएको हो । देउवाले यसअघि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गर्नुभएको थियो । छलफलमा ठाकुरले सरकार गठनमा जसपाको भर नपर्न आग्रह गर्नुभएको छ । यसैबीच देउवाले अपरान्ह ४ बजेका लागि पार्टी पदाधिकारी बैठक राख्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्