काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरू भएको छ। काठमाडौं बूढानीलण्ठस्थित व्यवसायी रामेश्वर थापाको घरमा उहाँहरू वार्तामा जुटेनु भएको हो । माधव नेपाल बालुवाटार जान नमानेपछि नेताद्वयबीच वार्ताको लागि छुट्टै स्थान तय गरिएको हो ।चार नेतामाथिको कारवाही फिर्तापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसँग भेटेर पार्टी एकताको लागि थप पहल थाल्नुभएको हो । माधव पक्षसहितको स्थायी कमिटी बैठक पनि बोलाउने तयारी भइरहेको बताइएको छ ।स्थायी कमिटीले पार्टी र सरकारको सन्दर्भमा निर्णय गर्ने अधिकार ओलीलाई दिएको छ ।
प्रतिक्रिया दिनुहोस्