काठमाडौं, ३० बैशाख । एकाबिहानै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दुत बनेर वरिष्ठ नेता माधव नेपाललाई फकाउन उहाँकै निवासमा जानुभएका विष्णु पौडेल बालुवाटार फर्किनु भएको छ । नेपालसँग केहि समय छलफल गरेर पौडेल बालुवाटारको स्थायी कमिटि बैठकमा फर्किनु भएको हो ।
प्रधानमन्त्री ओलीले लगातार फोन सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएका नेता नेपालमाथिको कारबाही फिर्ता लिएर भएपनि राजिनामाबाट रोक्ने रणनीतिमा ओली पुगेको एक स्रोतले जनाएको कछ । नेपाल समुहले राजिनामा दिएको खण्डमा वैकल्पिक सरकार बन्ने पक्का जस्तै छ । तर सत्ता जोगाउनका लागि ओलीले आफैले गरेको कारबाही पनि फिर्ता लिने तयारी गर्नुभएको हो । सोहि योजना अनुरुप बिहानै नेपाल निवासमा पुगेका अर्थमन्त्री पौडेलले राजिनामा नदिन आग्रह गनुभएको थियो । जवाफमा नेपालले ओलीकै कारणले यस्तो सम्भावना टरेको बताएको स्रोतले दाबी गरेको छ । छलफलमा पौडेलले नेता नेपाल ब्याक भएको खण्डमा कारबाही फिर्ता लिन ओलीलाई कन्भिन्स गर्ने समेत बताउनुभएको एक स्रोतले भन्यो । विष्णु पौडेलको प्रस्तावमा त्यति चासो नदिएका नेता नेपालले कारबाही रोक्ने मात्रै आफ्नो आन्दोलनको उद्देश्य नरहेको भन्दै पार्टी एकतापूर्वको अवस्थामा फर्कनुपर्ने आफ्नो बटमलाईन भएको बताउनुभएको थियो । उहाँले आफ्नो संघर्ष बिधि र पद्दतिको भएकाले ओलीका आस्वासनमा भुल्न नसक्ने बताएका थिए । नेपाल निवास कोटेश्वरमा नेपाल संग भएको संवाद बालुटारमा बसेको स्थायि कमिटी बैठकमा ब्रिफिङ गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्