ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको भन्दा नेपालको अवस्था गम्भीर, सङ्क्रमण दर दोब्बरले बढ्दै


एबीसी / संवाददाता
बैशाख २९, २०७८ बुधबार  ५ : ०७ बजे

काठमाडौं, २९ बैशाख । गएको हप्ताको तुलनामा यो हप्ता नेपालमा कोराना भाइरसको सङ्क्रमण झण्डै ५१ प्रतिशतले बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४४ वटा जिल्लामा कोरोना भाइरसको सङ्क्रमण व्यापक रूपमा फैलिएको । प्रति लाख जनसङ्ख्यामा १० जनाभन्दा बढीमा सङ्क्रमण भएको पाइए व्यापक रूपमा सङ्क्रमण फैलिएको भनिन्छ । यस्तै भारतमा भन्दा नेपालमा अवस्था गम्भीर बन्दै गएको डाक्टरले बताएका छन् । दैनिक सङ्क्रमित सङ्ख्याको आधारमा प्रति १० लाख जनसङ्ख्यामा नेपालमा तीन सय चार जनामा सङ्क्रमण देखिएको छ भने भारतमा यो दर दुई सय ४० छ ।
यस्तै मृत्युदर पनि भारतमा भन्दा नेपालमा धेरै छ । भारतमा प्रति १० लाख जनसङ्ख्यामा दुई दशमलव ५ प्रतिशत छ भने नेपालमा तीन दशमलव ३ प्रतिशत छ । यसैगरी सङ्क्रमितको सङ्ख्या भारतमा भन्दा नेपालमा दोब्बरले बढेको डाक्टर अर्चना श्रेष्ठले बताउनुभयो । यसले नेपालको अवस्था भारतको भन्दा नाजुक रहेको देखिएको छ । डाक्टर श्रेष्ठले सङ्क्रमितको अहिलेको अवस्थालाई हेर्दा समुदायमा यो भन्दा धेरै सङ्क्रमित हुन सक्ने देखिएको बताउनुभयो । कोरोनाको सङ्क्रमण नेपालमा बढ्दै गएकाले सङ्क्रमण दर घटाउन सङ्क्रमितले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । ज्वरो आए, खोकी लागे वा शरीर दुखे तुरुन्त स्वास्थ्य परीक्षण गराउन पनि डाक्टरको सुझाव छ । यस्तै कट्याक्ट ट्रेसिङमा परेकाहरूले पनि तुरुन्त परीक्षण गराउनु पर्ने डाक्टरको भनाइ छ । बेलैमा कन्ट्याक्ट ट्रेसिङ भएर परीक्षण भएमा ८५ प्रतिशत सङ्क्रमण फैलनबाट रोक्न सकिने डाक्टरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com