काठमाडौं, २९ बैशाख । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराई रहेको ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ पुरुष र १ महिला रहेका छन् ।
मंगलबार अस्पताल भर्ना भएकी ७० वर्षीया महिलाको बुधबार बिहान ७ बजेर ५२ मिनेटमा र २४ गते भर्ना भएका ५७ वर्षीय पुरुषको बिहान ५ बजेर ५२ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले बताए । त्यसअघि मंगलबार राति ४ जनाको मृत्यु भएको थियो ।
गौतमका अनुसार मंगलबार भर्ना भएका ३८ वर्षीय पुरुषको राति ११ बजे, २६ गते भर्ना भएका ३५ वर्षीय पुरुषको साँझ साढे ६ बजे, २६ गते भर्ना भएका ५२ वर्षीय पुरुषको साँझ साढे ५ बजे र २८ गते भर्ना भएका ४४ वर्षीय पुरुषको साँझ ७ बजे मृत्यु भएको हो । उनीहरूमध्ये पाँच जना अस्पतालको आकस्मिक कक्ष र एक जना एचडीयूमा उपचाररत थिए ।
प्रतिक्रिया दिनुहोस्