ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना कम


एबीसी / संवाददाता

काठमाडौं, २९ बैशाख । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना कमजोर बनेको छ । राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रदेशसभा सदस्य कृष्ण थापा पार्टीको निर्णय विपरित उभिएपछि बहुमतको सरकार बनाउन विपक्षी दललाई सकस भएको हो । जनमोर्चाले गण्डकी प्रदेशको कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा उभिने र विपक्षी गठबन्धनको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । यसअघि पनि जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही मतदानकै दिन अस्पताल भर्ना भएपछि प्रदेशसभा बैठक स्थगित भएको थियो । जनमोर्चाका सांसद थापाले समर्थन नगरेमा विपक्षी गठबन्धनमा ३० सांसद मात्रै रहनेछ ।

मुख्यमन्त्री गुरुङले राजीनामा दिएसँगै प्रदेश प्रमुख सिताकुमारी पौडेलले बहुमतको आधारमा नयाँ सरकार गठनका लागि ३ दिनको समय दिनुभएको थियो । ३ दिनको समय आज सकिँदै छ । बहुमतको आधारमा नयाँ सरकार गठन हुन नसके अल्पमतको सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

नयाँ मुख्यमन्त्रीमा विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र केसीलाई अघि सारिएको छ । गण्डकी प्रदेशमा ६० प्रदेशसभा सदस्यमध्ये नेकपा एमालेका स्वतन्त्र सांसद दिपक मनांगेसहित २८ सांसद रहेका छन् । अल्पमतको सरकारको गठन प्रक्रिया सुरु भएमा फेरि पनि मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नै दोहोरिने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com