ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल स्वास्थ्य सङ्कटकालमा जानुपर्ने अवस्था आउन सक्छ– स्वास्थ्यमन्त्री त्रिपाठी


एबीसी / संवाददाता

काठमाडौं, २९ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारीका कारण देशव्यापी लकडाउन वा स्वास्थ्य सङ्कटकालमै जानुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री त्रिपाठीले कोरोना भाइरस नियन्त्रणका लागि अहिलेका काम पर्याप्त नभएको भन्दै नयाँ कदमहरू आवश्यक पर्ने बताउनुभयो । नयाँ कदमका बारेमा सरकारले सामूहिक रूपमा छलफल गरेर निर्णय लिने उहाँले बताउनुभयो ।मन्त्री त्रिपाठीले अक्सिजनको प्रयोग धेरै बढेकाले माग र उत्पादन क्षमताबीच ठूलो फरक आइ समस्या भएको बताउनुभयो । यसबीचमा कतिपय अस्पतालमा बिग्रेका अक्सिजन प्लान्टलाई सञ्चालनमा ल्याए पनि मागअनुसार आपूर्ति गर्न नसकिएको उहाँले बताउनुभयो ।मन्त्री त्रिपाठीले कोरोना भाइरसविरुद्धको खोप खरिद प्रक्रियामा कसैलाई कमिसन दिने र कसैबाट कमिसन लिने काम नभएको दाबी गर्नुभयो । उहाँले कोरोना भाइरसविरुद्धको खोप चार डलरमा खरिद गरिएको र त्यति रकममा कसैले दिने भए सरकार एक करोड खोप किन्न तयार रहेको बताउनुभयो । उहाँले खोप खरिदको बारेमा तथ्य विना नबोल्न पनि आग्रह गर्नुभयो ।खोप खरिद गरिसके पनि भारतमै अभाव भएका कारण उसले निर्यात बन्द गरेर नेपालमा पनि खोप ल्याउन समस्या भएको मन्त्री त्रिपाठीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com