काठमाडौं, २८ बैशाख । । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ । उहाँ होम आइसोलेसनमा छन् । परिवारका सदस्यहरुको प्रत्यक्ष रेखदेखमा सिंहको उपचार भइरहेको मसालका प्रवक्ता रामप्रकाश पुरीले जानकारी दिनुभयो । पुरीका अनुसार उहँँको स्वास्थ्य सुधारोन्मुख छ । ‘दुई दिन अगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको छ,’ पुरीले भन्नुभयो ।








प्रतिक्रिया दिनुहोस्