काठमाडौं, २७ बैशाख । कामचलाउ सरकारको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले आउँदो ३० गतेका लागि अर्को बैठकको मिति घोषणा गर्नुभएको भए पनि कामचलाउ सरकारले भने आजै अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रायोजनका लागि सरकारकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि विशेष अधिवेशन आह्वान गर्नुभएको थियो ।यसैबीच मन्त्रिपरिषद् बैठकलगत्तै कामचलाउ सरकारका प्रधानमन्त्री ओली अहिले राष्ट्रपतिको कार्यलय शीतल निवास पुग्नुभएको छ ।








प्रतिक्रिया दिनुहोस्