काठमाडौं, २७ बैशाख । नेकपा एमालेका २८ सांसदले पार्टी ह्विप उल्लङ्घन गरेका छन् । खनाल–नेपाल समूहका २८ प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन बैठकमा सहभागी नभएका हुन् ।
२०७५ सालको जेठ २ गतेको अवस्थामा पुग्नुपर्ने अडानसहित असन्तुष्ट बनेका सांसदले आज पार्टी ह्विप उल्लङ्घन गर्दै प्रतिनिधि सभा बैठकमा उपस्थित नभएका हुन् । यसअघि खनाल–नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिँदै सामूहिक राजीनामा दिने बताउँदै आएका थिए । पार्टी ह्विप उल्लङ्घन गरे कारबाही हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले चेतावनी दिइसक्नुभएको छ ।
पार्टी ह्वीप उल्लङ्घन गर्ने सांसद–
१० योगेश भट्टराई
२० झलनाथ खनाल
३० पवित्रा निरौला खरेल
४० भवानी खापुङ
५० जयकुमार राई
६० यज्ञराज सुनुवार
७० गणेश पहाडी
८० विरोध खतिवडा
९० कृष्णलाल महर्जन
१०० माधवकुमार नेपाल
११० जीवनराम श्रेष्ठ
१२० नारायण खतिवडा
१३० घनश्याम भुसाल
१४० गोकर्ण विष्ट
१५० सोमप्रसाद पाण्डे
१६० मेटमणि चौधरी
१७० झपट रावल
१८० भीमबहादुर रावल
१९० दीपकप्रकाश भट्ट
२०० सुरेन्द्र पाण्डे
२१० रामकुमारी झाँक्री
२२० सरला यादव
२३० पुष्पाकुमारी कर्ण
२४० कल्याणी खड्का
२५० निरादेवी जैरु
२६० कलिला खान ९उपस्थित भएर भोट नहालेको०
२७० लक्ष्मीकुमारी चौधरी
२८० मुकुन्द न्यौपाने
प्रतिक्रिया दिनुहोस्