काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा नेकपा एमालेको स्थायी कमिटि बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान ९ बजे बस्ने बैठक बोलाईएको स्रोतले बनाएको छ । आजको बैठकमा राष्ट्रिय सभाको उम्मेदवार र नेपाल समूहलाई गरिएको कारबाही फिर्ताबारे छलफल हुनसक्ने बताइएको छ ।स्रोतले भनेको छ, ‘राष्ट्रियसभा सदस्यको रिक्त उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाउने र माधव समूहलाई गरिएको कारबाही फिर्ता गर्नेबारे छलफल गर्ने विषयमा नेकपा ९एमाले०को स्थायी कमिटी बैठक शुक्रबार बिहान डाकिएको हो ।’
बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुने एमालेका एक स्थायी कमिटी सदस्यले बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्