ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता कायम राख्न माधव नेपालले अघि सारे ६ बुँदे प्रस्ताव (प्रस्तावसहित)


एबीसी / संवाददाता

काठमाडौं, २३ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकता कायम राख्न छ बुँदे प्रस्ताव अघि सार्नुभएको छ। उक्त प्रस्ताव अनौपचारिक रूपमा केपी शर्मा ओलीलाई दिइएको छ ।
प्रस्तावको पहिलो बुँदामा २०७५ ज्येष्ठ २ को पार्टी संरचनालाई क्रियाशील पारौं भन्ने रहेको छ।

त्यसैगरि पहिलो केन्द्रीय कमिटी बैठक बसेर महाधिवेशनको मिति तोक्न र आयोजक समिति गठन गर्न पनि नेपालले प्रस्ताव गरेका छन् । उनले दुवै खेमाबाट बनाइएका कमिटीका सबैलाई समावेश गरेर आयोजक कमिटी बनाउन प्रस्ताव अघि सारेका छन् ।

यसरी अघि बढे वैशाख २७ मा विश्वासको मत लिएर अघि बढ्न सकिने नेपाल पक्षको प्रस्ताव रहेको छ।

यस्ता छन् प्रस्तावहरुः

१। २०७५ जेठ २ को पार्टी संरचनालाई क्रियाशील पारौं ।

२। पहिलो केन्द्रीय कमिटी बैठकबाट सकेसम्म छिटो महाधिवेशनको मिति तोकौँ र त्यसकालागि आयोजक समिति गठन गरौँ ।
३। आयोजक समितिमा अन्य पार्टीबाट प्रवेश गरेका र अन्य कमरेडहरूलाई समेत आवश्यकता अनुसार मनोनयन गरौँ ।

४। मातहत कमिटीका अधिवेशन गर्ने समय सीमा तोकौँ । दुवै खेमाबाट बनाइएका कमिटीका सबैलाई समावेश गरेर आयोजक कमिटी बनाऔं । २०७५ जेठ २ गते कायम रहेका अध्यक्षलाई संयोजक र अर्को ९समानान्तर० कमिटीका अध्यक्षरसंयोजकलाई सहसंयोजक बनाऔं ।

५। एकताबद्ध भएर वैशाख २७ गते संसद्मा विश्वासको पक्षमा मतदान गरौं ।

६। दुई पार्टी एकताबद्ध भए यताका प्रमुख घटनाक्रमका सम्बन्धमा अध्ययन गर्न एक कार्यदल गठन गरौं । त्यसबाट प्राप्त प्रतिवेदनलाई महाधिवेशनमा प्रस्तुत गरौँ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com