काठमाडौं, २२ बैशाख । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको अष्ट्राजेनिका खोपको व्यवसायिक उत्पादन भारतको पुणेस्थित सेरुम इन्स्टिच्यूट इण्डिया प्रा.लि.मा सुरुभएको छ । उत्पादन सुरु भएपछि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दियो । माघ ८ मा भारत अनुदानमा उपलब्ध गराएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभयो । खोप आएपछि नेपालले माघ १४ मा सातै प्रदेशमा स्वास्थ्यकर्मीहरूलाई खोप लगाएर राष्ट्रव्यापी खोप अभियान शुरु ग¥यो । कोरोना विरुद्धको अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो – ‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्नेछौं ।’ यस्तो घोषणा गर्नुमा केही आधारहरू पक्कै थिए ।
भारतसँग सम्बन्ध सुधार र भारतले सहृदयतापूर्वक १० लाख डोज खोप अनुदानमा दिएलगत्तै नेपालले थप खोप खरिद प्रक्रिया अघि बढायो । प्रति खोप ४ डलरमा किन्ने गरी थप २० लाख डोज खोपसम्झौता भयो । त्यतिबेला विश्वव्यापी खोप सहकार्यअन्तर्गत नेपालले १९ लाख २० हजार डोज खोप प्राप्त गर्ने क्रममा थियो । बाँकी ५० लाख खोप सेरुमसँगै किन्न प्रस्ताव तयार हुँदै थियो । बेलायतले नेपाललाई २० लाख डोज खोप सहयोगको प्रतिबद्धता गरेको थियो । चीनले ८ लाख डोज खोप पठाउने वचन दिएको थियो । करिव तीन करोड ३ लाख जनसंख्यामा १८ वर्ष मुनिका र गर्भवती महिला लगायतलाई खोप लगाउनुनपर्ने र झण्डै ४० लाख नेपाली देशबाहिर रहेको अवस्थामा तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्ने प्रधानमन्त्रीको उद्घोष थियो ।
सेरुमसँग खरिद सम्झौता भएकोमध्ये अर्को १० लाख डोज खोप फागुन ५ गते नेपाल आइपुग्यो । यसैबीच फागुन २३ गतेदेखि नेपालले देशभरका ३,००० खोप केन्द्रबाट दास्रो चरणको खोप अभियान सुरु गर्दै ६५ वर्षमाथिका लाई अनिवार्य गरियो र आपतकालीन उपचारमा खोपको प्रयोग अनुमति दिइयो । नेपालमा दोस्रो चरणको खोप अभियान शुरु हुँदासम्म बिचौलियाहरूको दौडधुप सुरु भैसकेको थियो । नेपालले २० लाख डोज खोपका लागि सेरुमसँग सम्झौता प्रक्रिया अघि बढाउँदासम्म उनीहरूले पत्तै पाएका थिएनन् । खोप किन्ने निधो भैसकेपछि आफूलाई सेरुमको स्थानीय एजेण्ट हुकुम इन्टरप्राइजेजका साझेदार बताउँदै विजय दुगड र ऋतु सिंह वैद्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर मन्त्रिपरिषद्ले अनुमति दिए अनुसार १० प्रतिशत कमिसन समावेश गर्न माग गरे ।
सेरुम इन्स्टिच्यूटका नेपाली कमिसन एजेण्ट सुरज वैद्य र विजय दुगड हुन् । सेरुमसँग खोप किन्ने सबै तयारी अन्तिम चरणमा पुगेपछि मात्र वैद्यले जानकारी पाएका थिए । खोप किन्ने अन्तिम चरणमा पुगिसकेकाले कमिसन समावेश गर्न नसकिने भन्दै स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएपछि उनीहरूले खोप अभियानको पहिलो चरणमा खरिद गर्न लागिएको २० लाख डोज भ्याक्सिनमा कमिसन छुट गर्न मञ्जुर रहेको माइन्युट समेत गराउन लगाए । त्यसपछि उनीहरूको दौडधूप सुरु भयो । भारतमा दोस्रो लहरको कोरोना भाइरस महामारी शुरु हुनुभन्दा एक महिना अघि नै फागुनको दोस्रो सातातिरै सेरुमले अचानक स्वास्थ्य मन्त्रालयलाई सम्झौता भैसकेको १० लाख डोज खोप दिन आनाकानी गर्दै स्थानीय एजेण्टमार्फत् प्रक्रिया अघि बढाउन आग्रह गर्दै पत्र पठायो ।
जवाफमा स्वास्थ्य मन्त्रालयले सम्झौता अनुरुप खोप पठाउन सेरुमलाई आग्रह ग¥यो । त्यतिबेलासम्म वैद्य र दुगडको पुणेमा दौडधुप तीव्र भैसकेको थियो । सेरुमले पत्र नै पठाइसकेपछि कमिसन एजेण्टको चालबाजी बुझदै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफ समेत गर्नुभयो । ‘हजुरहरूकै मान्छे हुन्, यस्तो चलखेल गरिरहेका छन् । के गर्ने हो ?’ जवाफमा प्रधानमन्त्रीले भने, ‘ए हो र ! तिनै पो रहेछन् ।’ त्यसभन्दा बढी प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रीसँग पनि केही भन्नुभएन । प्रधानमन्त्रीको आशय स्वास्थ्यमन्त्रीले तत्कालै बुझन्नुभयो ।
वैद्य नेकपा एमालेसँग निकट व्यवसायी हुन् । प्रधानमन्त्री ओलीसँग व्यक्तिगत सम्बन्ध छ । प्रधानमन्त्री ओलीले वैद्यलाई नेपाल भ्रमण वर्ष, २०२० अभियानको संयोजकसमेत बनाउनुभएको थियो । लहरो तान्दै जाँदा फेरि खोप आपूर्तिमा पनि यसअघि महामारीको स्वास्थ्य सामग्री आपूर्तिकै घटना पुनरावृत्ति हुने जानकारहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयले अर्को चरणमा सेरुमसँगै ५० लाख डोज खोप खरिद गर्ने प्रक्रिया अघि बढाउन लागेपछि कमिसन एजेण्ट थप सक्रिय भए । दुई सरकारको तहमा (जीटुजी) खरिद गर्नेगरी स्वास्थ्य मन्त्रालयले पहल अघि बढाएपछि उनीहरू थप सक्रिय भएर आफैंले कमिसन छाड्ने भनि माइन्युट गरेको सम्झौत १० लाख डोज खोप रोकेर सरकारलाई दबाब दिनेतर्फ उनीहरू लागे ।
कमिसन एजेण्टले भारतीय कर्मचारीतन्त्रमा पनि प्रभाव पारे, जसका कारण त्यहाँ कुरामात्रै हुने फाइल अघि नबढ्ने भयो । ५० लाख डोज खोप खरिद अघि बढाउँदा १० प्रतिशत कमिसन सुनिश्चित नभइ उनीहरू कुनै हालतमा खोप खरिद प्रक्रिया अघि बढ्न नदिन भारतमा पनि उत्तिकै सक्रिय भए । तर सेरुमका नेपाल एजेन्टमध्येका एक विजय दुगडले पहिलो चरणमा वैधानिक कसिमन छोडिदिएका हौं । मन्त्रिपरिषद्कै निर्णय अनुसार पनि १० प्रतिशत कसिमन आफ्नो हक भएको दावी गनूभयो । कमिसन एजेण्टको चलखेल शुरु भएको यही एक महिनाको बीचमा भारतमा कोभिड–१९ को दोस्रो लहर देखाप¥यो । त्यो अहिले उत्कर्षमा छ । नेपालमा समेत अहिले दैनिक ७–८ हजार नयाँ संक्रमित बढीरहेका छन् । खोप लगाएका व्यक्तिमा कोभिड–१९ संक्रमण भएपनि अस्पताल भर्ना हुने दर अत्यन्त न्यून छ । महामारीबाट जीवन रक्षा गर्ने जीवनाधार प्रमाणित भएको खोपमा समेत कमिसन एजेन्टको दौडधूपले धेरै नेपालीले अकालमा ज्यान गुमाइरहेका छन् । ठूलो मानवीय क्षति मुलुकले व्यहोर्नुपरेको छ ।
प्रतिक्रिया दिनुहोस्