ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको लक्षण देखिएको ७ दिन जोखिमपूर्ण


एबीसी / संवाददाता

काठमाडौं, २१ बैशाख । छिमेकी मुलुक भारतमा जस्तै नेपालमा पनि नयाँ भेरिएन्टको कोभिड–१९ संक्रमण बढी घातक देखिएको छ । कोभिडको नयाँ ‘स्ट्रेन’ अत्यधिक संक्रामक हुने भएकाले युवा र बालबालिकालाई पनि गम्भीर असर गरेको छ ।स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले भन्नुहुन्छ, ‘नयाँ भेरिएन्ट उच्च संक्रामक भएकाले परिवारका सबै सदस्य, अफिसका कर्मचारी एकै पटक संक्रमित देखिएका छन् ।’ यसको मुख्य कारण युके भेरिएन्ट (बी.१.१.७) रहेको डा.पौडेलको भनाइ छ ।

अत्यन्त संक्रामक मानिएको भारतमा देखिएको डबल म्युटेन्ट भेरिएन्ट (बी.१.६१७) नेपालमा समेत देखिइसकेको छ । अझ भारतमा देखिएको ट्रिपल म्युटेन्ट भेरिएन्ट (बी.१.६१८) समेत भित्रभित्रै फैलिरहेको हुन सक्ने विज्ञहरूले बताएका छन् । ट्रिपल म्युटेन्ट भेरिएन्टको अवस्था जान्न उत्तर प्रदेश, बंगाल, बिहारसँग सीमा जोडिएको ठाउँबाट ‘र्‍यान्डम’ नमुना संकलन गरी परीक्षण गर्ने तयारी ईडीसीडीको छ । ईडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुर नेपालमा तीव्र गतिले जटिल लक्षणसहित फैलिरहेको कोभिडका कारण यूके र डबल म्युटेन्ट भेरिएन्ट रहेको बताउनुहुन्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सलटेन्ट डा. अनुप बाँस्तोला भने हाल देखिएको भेरिएन्ट १० देखि १ हजार गुणासम्म संक्रामक भएको बताउनुहुन्छ । ‘यूके भेरिएन्ट, डबलरट्रिपल म्युटेन्ट नेपालमा कोरोना विस्फोटका लागि जिम्मेवार देखिएको छ,’ उहाँले भन्नुभयो । कोभिड संक्रमणको दोस्रो लहरमा म्युटेन्ट भाइरसको नयाँ स्ट्रेन तीव्र गतिले फैलिइरहेको छ । यसको लक्षणसमेत फरक देखिएको छ । डा. बाँस्तोलाले भन्नुभयो ‘अघिल्लो वर्ष युवा र बालबालिका जोगिएका थिए, यसपालि यो उमेर समूहसमेत सिकिस्त भएको छ ।’

भाइरसको नयाँ स्ट्रेनले शरीरमा आक्रमण गर्छ । रुघाखोकी पनि देखिन्छ । ज्वरो सात दिनभन्दा बढी रहने गरेको चिकित्सक बताउँछन् । सामान्य र कडा खोकी देखिए लामो समय रहन सक्छ । अत्यधिक सुक्खा खोकीले कसैकसैको खकारमा रगत जाने समस्या देखिने गरेको छ । टाउको र शरीरका मांसपेशी दुख्ने, छालामा एलर्जी आउने, शिथिलता, स्वाद वा गन्ध हराउने लक्षणसमेत देखिएको छ । कतिपयमा वाकवाकी र पखाला लाग्ने गर्छ भने कतिमा मुख सुक्खा हुने, घाँटी खसखसाउने, दुख्ने लक्षण देखिने चिकित्सक बताउँछन् ।

विश्वमा करिब आधाभन्दा बढी कोभिड संक्रमितमा ‘सोर थ्रोट’ देखिएको छ । ‘लक्षण देखिएको ६ देखि ७ दिनमा निमोनिया भएर सास फेर्न गाह्रो भई अस्पताल भर्ना हुने धेरै छन्,’ डा. बाँस्तोलाले भन्नुहुन्छ, ‘दुई दिन मन्द ज्वरो र खोकी देखिए पनि छैटौं दिनमा निमोनिया भइसकेको हुन्छ । लक्षण देखिएको ४–५ दिनभित्रै चिकित्सकको परामर्श लिन जानु अत्यावश्यक छ ।’चिकित्सकहरूका अनुसार लक्षण देखिएको पहिलो ६–७ दिन अत्यन्त जोखिमपूर्ण समय हो । संक्रमणको शंका लागे पीसीआर परीक्षण गराइहाल्नुपर्छ । संक्रमित वा शंकास्पद व्यक्तिको शरीरमा अक्सिजनको मात्रा अक्सिमिटरले नियमित नाप्नुपर्छ । अक्सिजनको मात्रा ९४ भन्दा कम भए तुरुन्त स्वास्थ्य परामर्श लिनुपर्छ ।स्वास्थ्य निकायमा लानुअघि बिरामीलाई घोप्टो सुताए फाइदाजनक हुन्छ । बिरामीको श्वासप्रश्वासको दर प्रतिमिनेट २४ पटकभन्दा बढी भयो भने चिकित्सकसँग परीक्षण गराउनुपर्ने डा. बाँस्तोला बताउनुहुन्छ । मध्यमस्तरको संक्रमण देखिएका बिरामीमा श्वासप्रश्वासको गति प्रतिमिनेट २४ पटकभन्दा बढी देखिन सक्छ भने शरीरमा अक्सिजनको मात्रा ९० देखि ९३ प्रतिशतभन्दा कम देखिन्छ । गम्भीर अवस्थामा श्वासप्रश्वासको दर प्रतिमिनेट ३० भन्दा बढी र अक्सिजनको मात्रा ९० प्रतिशतभन्दा कम हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

भारतबाट ल्याइरहेको सामान जाँच गर्दा प्रहरीमाथि आक्रमण, ४ जना घाइते, अस्थायी बिट ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com