ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिगमा ह्यारी केनको कीर्तिमानी प्रदर्शन


admin

काठमाडौं, ९ पुस । ह्यारी केनको कीर्तिमानी प्रदर्शनसंगै टोटनह्यामले इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा महत्वपूर्ण जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा माउरिसिओ पोकेटिनाको टिम टोटनह्यामले बर्नलीलाई ३–० ले हराएको हो र तीनै गोल केनले गरेका हुन् । सातौं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै केनले टोटनह्यामलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको टोटनह्यामका लागि दोस्रो हाफमा केनले थप दुई गोल गरे । ६९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका केनले त्यसको १० मिनेटपछि गोल गर्दै ह्याट्रिक पूरा गरे । ह्याड्रिकसंगै केनले एक वर्षमा प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने एलन शिएररको कीर्तिमानसंग बराबरी गरेका छन् । शिएररले २२ वर्षअघि सन् १९९५ मा एक वर्षमा प्रिमियर लिगमा ३६ गोल गरेर कीर्तिमान बनाएका थिए । केनले बर्नलीसंगको खेलमा गरेको गोल प्रिमियर लिगमा सन् २०१७ मा गरेको उनको ३४ औं, ३५ औं र ३६ औं गोल हो । केनको उत्कृष्ट प्रदर्शनसंगै जित निकालेको टोटनह्याम अंक तालिकाको पाँचौं स्थानमा पनि उक्लिएको छ । टोटनह्यामको १९ खेलबाट ३४ अंक भएको छ । बर्नली ३२ अंकसहित सातौं स्थानमा छ । खेलपछि बर्नलीका प्रशिक्षक शन डिचले केनले टोटनह्यामलाई राम्रोबाट वास्तवमै राम्रो टिम बनाएको भन्दै प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com