काठमाडौं, १८ वैशाख । वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा तीन जिल्लामा झण्डै २५ सय संक्रमित भेटिएका छन् ।शनिबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज काठमाडौं जिल्लामा १ हजार ९३२, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ गरी कूल २ हजार ४९५ जनामा संक्रमण देखिएको हो । हिजो काठमाडौं उपत्यकामा मात्रै २ हजार ४०४ जनामा संक्रमण देखिएको थियो । नेपालमा वितेको २४ घन्टामा ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार देशभरका प्रयोगशालामा १४ हजार ४०३ जनाको पिसिआर र ५६६ जनाको एन्टिजेन परिक्षण गर्दा क्रमस ५ हजार ७०६ र ५७ जना गरी कूल ५ हजार ७६३ जनामा भाइरसको संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्