ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिकांश बेड कोभिडका बिरामीले भरिभराउ : अस्पतालमा जनशक्ति अभाव, बेडको पखाईमा संक्रमित


एबीसी / संवाददाता

काठमाडौं, १५ बैशाख ।  अस्पतालहरूमा बिरामीको चाप बढेसँगै स्वास्थ्यकर्मीको संख्या कम हुन थालेपछि संक्रमितका कुरुवालाई समेत बिरामीको रेखदेखका लागि सँगै राख्न थालिएको छ। कोरोना संक्रमण बढेसँगै उपत्यकाका ठूला अस्पतालहरूमा समेत बेडको अभाव छ भने गम्भीर लक्षणका बिरामीको चाप बढ्दै गएको छ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, नर्भिक, ग्रान्डी, मेडिसिटी, ह्याम्स, सिभिललगायत अस्पतालका अधिकांश बेड कोभिडका बिरामीले भरिभराउ छन्। बिरामीको संख्या बढेसँगै उपचारमा खटिने स्वास्थ्यकर्मीको समेत अभाव हुन थालेको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्षमा उपचार गराइरहेका बिरामीसँगै कुरुवालाई राख्न थालिएको छ। पाटन अस्पताल स्रोतका अनुसार मंगलबारसम्म १ सय ४४ वटा (सबै) बेड बिरामीले खचाखच छन्। उपचारका लागि पखाईमा बसेका १९ जना छन्।

बेड खाली नभएपछि नाम लेखाएर कतिपय बिरामीलाई पखाईमा समेत राखिएको अस्पताल स्रोतले जनाएको छ । दैनिक ४ सय जना बिरामी अस्पतालमा भर्ना हुन आए पनि अक्सिजन दिनुनपर्ने बिरामीलाई सामान्य चेकअपपछि फिर्ता पठाउने गरिएको अस्पतालले जनाएको छ। अक्सिजनसमेतको अभाव भएपछि अस्पतालमा त्रास पैदा हुन थालेको अस्पताल प्रशासनले जनाएको छ।

चिकित्सकले मात्रै बिरामीको सबैखाले रेखदेख गर्न नसकेकाले कुरुवालाई समेत सँगै बस्न दिन थालिएको चिकित्सकको भनाइ छ।  भेन्टिलेटरमा रहेका बिरामी डाक्टरको निगरानीमै रहे पनि सामान्य बेडमा उपचार गराइरहेका बिरामीसँग भने कुरुवा पनि बस्ने गरेका छन्। कुरुवाले मास्क लगाएर आफन्तको स्याहार गरेका छन्। तर त्यसरी सँगै बस्दा कोरोना संक्रमण हुने निश्चित देखिन्छ। संक्रमितसँगै बसेका कुरुवाले भने आफ्ना मान्छेको स्याहार गर्न सँगै बसेको बताउछन् । अस्पतालभित्र राम्रोसँग हेरचाह पनि छैन, त्यसैले हामी कुरेर बसेका छौं,’ एक बिरामी कुरुवाले भने, ‘खाना ल्याइदिने, औषधि ल्याउने र उनीहरूको ख्याल गर्न कुरुवा चाहिँदोरहेछ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका निर्देशक सागरराज राजभण्डारीले कोरोना संक्रमण बढेपछि त्यसको चाप अस्पतालमा परेको छ। उहाँले यसरी संक्रमितको दर बढ्दै गएर अस्पताल नै अस्तव्यस्त हुने र उपचारमा समेत बाधा उत्पन्न हुन सक्ने देखिएकोले सचेत रहन आग्रह समेत गर्नुभयो । उहाँका अनुसार अस्पतालका सबै बेड बिरामीले भरिएका छन्। नयाँ बिरामी भर्ना कसरी गर्ने भन्नेबारे अस्पताल अलमलमा छ। अस्पतालमा औषधिको समेत अभाव हुने स्थिति निम्तिन सक्ने डर देखिएकाले आम नागरिक सरकारले तोकेको नियममा बस्नु नै उत्तम हुने चिकित्सक बताउछन् ।

‘भएका भेन्टिलेटर र आइसियु बिरामीले भरिएका छन्,’ ‘थप गम्भीर बिरामी देखा परे कसरी उपचार गर्ने भन्ने चिन्ता बढ्न थालेको छ एक डाक्टरले भन्नुभयो ।’ वीर अस्पतालका ९० वटा बेडमा कोभिडका बिरामी राखिएको छ। ठाउँ अभावका कारण कतिपयलाई पर्खाइमा समेत राखिएको अस्पताल स्रोतले जनाएको छ। त्रिवि शिक्षण अस्पतालका डाक्टर सन्तोष केसीले कोरोना संक्रमितको संख्या बढेसँगै अस्पताल क्षेत्र अस्तव्यस्त बनेको बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com