ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अक्सिजन व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरुको असन्तुष्टि


एबीसी / संवाददाता

काठमाडौं, १४ बैशाख । सरकारले कोभिड–१९ संक्रमित विरामीको लागि आवश्यक पर्ने अक्सिजन व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा उपस्थित सांसदहरुले सरकारले कोभिड विरामीको उपचारका लागि अक्सिजनको आवश्यकता अपरिहार्य भएपनि त्यसको व्यवस्थापनमा ध्यान निदएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका हुन् ।

नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले कोभिड विरामीको उपचारको लागि अक्सिजनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो । अहिले थुप्रै अस्पतालहरुमा भएका अक्सिजन प्लान्टहरु विग्रिएको अवस्थामा रहेको तर सरकारले मर्मत गरी सञ्चालन गर्ने कुरामा ध्यान नदिएको बताउनुभयो । उहाँले अक्सिजन प्लान्ट पनि तत्काल थप्न माग गर्नुभयो । त्यसबाहेक पीसीआर परीक्षण गत वर्षको जतिपनि नभएको भन्दै समुदाय स्तरमा पुगेर परीक्षण गर्नुपर्ने बताउनुभयो । देशभरका अस्पतालहरुमा रहेको भेन्टिलेटर, अक्सिजन र बेडहरुको अडिट गरी विरामीले सहजै पाउने व्यवस्था गर्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले नेपालमा २० वटा अक्सिजन प्लान्ट कम्पनीहरु रहेको तर मन्त्रालयले एक दिन पनि अक्सिजन आपूर्तिको विषयमा उनीहरुसँग छलफल नगरेको बताउनुभयो । यसबाट मन्त्रालय कति लापरवाह छ भन्ने कुरा प्रष्ट भएको पनि बताउनुभयो । वीर अस्पताल, पाटन अस्पताल, धरान अस्पताल लगायतका अस्पतालमा रहेका अक्सिजन प्लान्टहरु विग्रिएको तर मर्मत गरेर चलाउन सरकारले चासो नदिएको पनि बताउनुभयो ।

नेकपा (एमाले)का सांसद खगराज अधिकारीले कोभिड विरामीको उपचारको जिम्मा संघीय सरकारले लिनुपर्ने, पीसीआर परीक्षणको जिम्मा प्रदेश सरकार र कन्ट्याक्ट ट्रेसिङको जिम्मा स्थानीय तहले लिने गरी कार्यविभाजन गर्दा प्रभावकारी हुने बताउनुभयो । उहाँले जनशक्ति, औषधी, इक्युपमेन्ट, बेड र अक्सिजन बढाउने कुरामा ध्यान दिन मन्त्रालयलाई आग्रह गर्नुभयो ।

नेकपा (एमाले)का सांसद जीवन राम श्रेष्ठले कोभिड विरामीको उपचारको लागि सरकारको तयारीको पक्ष कमजोर रहेको बताउनुभयो । गत वर्ष भन्दा राम्रो तयारी हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । सरकार योजना बनाउने तर कार्यान्वयन नगर्ने अवस्थामा रहेको पनि बताउनुभयो । उहाँले पनि अस्पतालमा आवश्यक पर्ने अक्सिजनको अभाव रहेको बताउनुभयो ।

नेकपा (मओवादी केन्द्र)की सांसद अन्जना विशंखेले पहुँचहुने सांसदहरुले आफ्नो क्षेत्रमा स्वास्थ्य सामग्री लगेको लग्यै गर्ने र पहुँच नहुनेको क्षेत्रमा रहेका अस्पतालहरुमा समान्य माक्स समेत नजाने अवस्था रहेको बताउनुभयो ।

सांसदहरुले अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन नदिनको लागि छोटो समयका लागि जनशक्ति नपाए एक वर्षका लागि भएपनि करारमा लिनु पर्नेमा जोड दिएका छन् । अहिले काम गरिराखेका स्वास्थ्यकर्मीहरुले गत वर्षको पाउनुपर्ने सुविधा समेत नपाएको अवस्थामा उनीहरुको मनोवल बढ्न नसक्ने भएकाले त्यसतर्फ ध्यान दिन पनि मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com