ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदको पिसिआर परीक्षण गर्न माग गर्दै एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध


एबीसी / संवाददाता
बैशाख १४, २०७८ मंगलबार  १ : ४७ बजे

पोखरा, १४ बैशाख । सांसदहरूको पिसिआर परीक्षण गर्न माग गर्दै गण्डकी प्रदेशसभाको विशेष अधिवेशन नेकपा एमालेका सांसदहरूले अवरोध गरेका छन्।प्रदेश सभाको विशेष अधिवेशनको सुरूआतमै सत्तारूढ एमालेका सांसदहरूले बैठकमा उठेर संसद अवरूद्ध पारेका हुन्।

एमालेका सांसदहरुले कोरोना परीक्षण नगरी बैठक बसालेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् । विशेष अधिवेशनमार्फत बोलाइएको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध टेबल गरिएको अविश्वासको प्रस्तावमाथि सोमबारबाट छलफल भैरहेकोछ । सांसदहरुले पीसीआर परीक्षण नगरेको, कोरोनाको दोस्रो डोज नलगाएको र जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञाको अवधीमा बैठक चल्न नदिने एमालेका सांसदले तर्क गरेका छन् । यद्यपी, कोरोनाको नाम देखाएपनि आफ्नो सरकार ढल्ने निश्चित भएपछि एमालेले बैठक अवरुद्ध बनाएको प्रतिपक्षी दलहरुले आरोप लगाएका छन् ।

विशेष अधिवेशनको दोस्रो दिन पनि अविश्वासको प्रस्तावमाथि छलफल सुरु हुनैलाग्दा एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले सांसद राजीव पहारीलाई बोल्न समय दिनुभएको थियो । पहारीले पीसीआर परीक्षण नगरी संसद बैठक बस्न नसक्ने तर्क गर्दै बैठक अघि बढाए अवरुद्ध गर्ने चेतावनी दिनुभयो ।

तर, त्यसअघि बसेको कार्यव्यवस्था परामर्श समिति र सरकारका मन्त्रीहरुसमेतको उपस्थितिमा भएको सर्वदलीय बैठक बसेर आजको कार्यसूची तयार भएको थियो । सभामुखले विशेष अधिवेशन रोक्न नसक्ने बताएपछि पनि एमाले सांसदहरुले उठेर विरोध जनाइरहे । त्यसपछि सभामुखले बैठक १८ मिनेट स्थगित गर्नुभएको छ । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्तावित गर्दै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com