ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोनाबाट एकै दिन नौ हजार नौ सय २३ जनाको मृत्यु : भारतमा मृतकको संख्या २ लाख नजिक


एबीसी / संवाददाता
बैशाख १४, २०७८ मंगलबार  ६ : ४६ बजे

काठमाडौं, १४ बैशाख ।पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणको भयावह अवस्थासँग जुधिरहेको छिमेकी मुलुक भारतमा ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या दुई लाखनजिक पुगेको छ ।

केही समययता भारतमा दैनिक दुई हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भइरहेको छ । तीन लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका छन् । एकै दिन दुई हजार सात सय ६४ जनाको मृत्यु भएसँगै भारतमा हालसम्म ज्यान गुमाउनेको सङ्क्रमितको सङ्ख्या एक लाख ९७ हजार आठ सय ८० पुगेको छ । भारतमा दैनिक अन्य मुलुकमा भन्दा धेरै सङ्क्रमितले ज्यान गुमाइरहेका छन् ।

पछिल्लो २४ घण्टामा तीन लाख १९ हजार चार सय ३५ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या अन्य मुलुकमा फेला परेका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो । सङ्क्रमित सङ्ख्या एक करोड ७६ लाख २५ हजार सात सय ३५ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ४५ लाख ४५ हजार तीन सय ४२ जनाको उपचार सम्भव भएको छ ।

उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । २८ लाख ८२ हजार पाँच सय १३ जना सङ्क्रमितको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक अमेरिकामा एकै दिन चार सय १० जना सङ्क्रमितले ज्यान गुमाए । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पाँच लाख ८६ हजार पाँच सय ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१ हजार नौ सय ४० जना नयाँ बिरामी थपिए ।

सङ्क्रमित सङ्ख्या तीन करोड २८ लाख ६७ हजार सात सय आठ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ५४ लाख ६६ हजार पाँच सय १९ जना उपचारपछि निको भएका छन् । ६८ लाख १४ हजार छ सय १२ जनाको उपचार जारी रहेकोमा नौ हजार आठ सय ८२ जनाको अवस्था गम्भीर छ । अमेरिकामा केही दिनयता दैनिक थपिने र ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ ।

कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा एकै दिन एक हजार ११ सङ्क्रमितले ज्यान गुमाए । हालसम्म मृत्यु हुनेको सङ्ख्या तीन लाख ९१ हजार नौ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा २८ हजार छ सय ३६ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड ४३ लाख ६९ हजार चार सय २३ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड २८ लाख ७९ हजार ५१ जनाको उपचार सफल भएको छ । सफल उपचार भएकाहरु कोरोनामुक्त हुँदै निको भएर घर फर्किएका छन् । १० लाख ९८ हजार चार सय ३६ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिलमा पनि केही दिनयता दैनिक मृत्यु हुने र थपिने कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ ।

विश्वमा एकै दिन नौ हजार नौ सय २३ सङ्क्रमितको मृत्यु भयो । हालसम्म ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या ३१ लाख ३२ हजार चार सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा छ लाख ४९ हजार एक सय १७ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १४ करोड ८४ लाख ४५ हजार एक सय सात पुगेको छ । सङ्क्रमितमध्ये १२ करोड ६५ लाख २४ हजार नौ सय २८ जना उपचारपछि निको भएका छन् ।

एक करोड ८७ लाख ८७ हजार सात सय १७ जनाको उपचार जारी छ । उपचाररतमध्ये एक लाख १० हजार नौ सय ४६ जनाको अवस्था गम्भीर छ । विश्वमा केही दिनयता दैनिक थपिने र ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । यसअघि दैनिक सात लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए भने १० हजारभन्दा बढीको ज्यान जाने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com