ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोनाबाट एकै दिन नौ हजार नौ सय २३ जनाको मृत्यु : भारतमा मृतकको संख्या २ लाख नजिक


एबीसी / संवाददाता
बैशाख १४, २०७८ मंगलबार  ६ : ४६ बजे

काठमाडौं, १४ बैशाख ।पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणको भयावह अवस्थासँग जुधिरहेको छिमेकी मुलुक भारतमा ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या दुई लाखनजिक पुगेको छ ।

केही समययता भारतमा दैनिक दुई हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भइरहेको छ । तीन लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका छन् । एकै दिन दुई हजार सात सय ६४ जनाको मृत्यु भएसँगै भारतमा हालसम्म ज्यान गुमाउनेको सङ्क्रमितको सङ्ख्या एक लाख ९७ हजार आठ सय ८० पुगेको छ । भारतमा दैनिक अन्य मुलुकमा भन्दा धेरै सङ्क्रमितले ज्यान गुमाइरहेका छन् ।

पछिल्लो २४ घण्टामा तीन लाख १९ हजार चार सय ३५ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या अन्य मुलुकमा फेला परेका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो । सङ्क्रमित सङ्ख्या एक करोड ७६ लाख २५ हजार सात सय ३५ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ४५ लाख ४५ हजार तीन सय ४२ जनाको उपचार सम्भव भएको छ ।

उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । २८ लाख ८२ हजार पाँच सय १३ जना सङ्क्रमितको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक अमेरिकामा एकै दिन चार सय १० जना सङ्क्रमितले ज्यान गुमाए । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पाँच लाख ८६ हजार पाँच सय ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१ हजार नौ सय ४० जना नयाँ बिरामी थपिए ।

सङ्क्रमित सङ्ख्या तीन करोड २८ लाख ६७ हजार सात सय आठ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ५४ लाख ६६ हजार पाँच सय १९ जना उपचारपछि निको भएका छन् । ६८ लाख १४ हजार छ सय १२ जनाको उपचार जारी रहेकोमा नौ हजार आठ सय ८२ जनाको अवस्था गम्भीर छ । अमेरिकामा केही दिनयता दैनिक थपिने र ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ ।

कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा एकै दिन एक हजार ११ सङ्क्रमितले ज्यान गुमाए । हालसम्म मृत्यु हुनेको सङ्ख्या तीन लाख ९१ हजार नौ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा २८ हजार छ सय ३६ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड ४३ लाख ६९ हजार चार सय २३ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड २८ लाख ७९ हजार ५१ जनाको उपचार सफल भएको छ । सफल उपचार भएकाहरु कोरोनामुक्त हुँदै निको भएर घर फर्किएका छन् । १० लाख ९८ हजार चार सय ३६ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिलमा पनि केही दिनयता दैनिक मृत्यु हुने र थपिने कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ ।

विश्वमा एकै दिन नौ हजार नौ सय २३ सङ्क्रमितको मृत्यु भयो । हालसम्म ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या ३१ लाख ३२ हजार चार सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा छ लाख ४९ हजार एक सय १७ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १४ करोड ८४ लाख ४५ हजार एक सय सात पुगेको छ । सङ्क्रमितमध्ये १२ करोड ६५ लाख २४ हजार नौ सय २८ जना उपचारपछि निको भएका छन् ।

एक करोड ८७ लाख ८७ हजार सात सय १७ जनाको उपचार जारी छ । उपचाररतमध्ये एक लाख १० हजार नौ सय ४६ जनाको अवस्था गम्भीर छ । विश्वमा केही दिनयता दैनिक थपिने र ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । यसअघि दैनिक सात लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए भने १० हजारभन्दा बढीको ज्यान जाने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com