ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीद्वारा वीरेन्द्र अस्पताल भवनको शिलान्यास


एबीसी / संवाददाता
बैशाख ११, २०७८ शनिबार  ८ : ३६ बजे

काठमाडौ, ११ बैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिकीकरण गरी निर्माण हुने छाउनीस्थित वीरेन्द्र अस्पताल भवनको आज शिलान्यास गर्नुभएको छ । नेपाल सरकार र सैनिक कल्याणकारी कोषद्वारा निर्माण हुन लागेको सो अस्पताल ७५० शय्या क्षमताको हुनेछ । पाँच सय घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको सो अस्पताल पूर्णरूपमा सञ्चालनमा आएपछि नेपालकै नमूना अस्पतालका रुपमा रहने विश्वास गरिएको छ ।

शिलालेखको अनावरण तथा निर्माण हुने अस्पतालको गुरुयोजनाको अवलोकनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको स्वाधिनता र भौगोलिक अखण्डताका लागि सेनाको गौरवपूर्ण योगदानको इतिहास रहेको बताउनुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो ।

अस्पतालबाट ३० प्रकारका मेडिकल सेवा प्रदान हुने र विपद्का समयमा छ हजारसम्मलाई उपचार गर्ने क्षमता रहने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार करिब २०७ रोपनी जग्गामा निर्माण हुने उक्त अस्पतालबाट सात वर्षमा सेवा शुरु हुने र १० वर्षभित्र पूर्णरूपमा सञ्चालनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com