ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा ५ जना कोरोना संक्रमितको मृत्यु


एबीसी / संवाददाता

काठमाडौं, ११ बैशाख । पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका चारजना र रुपन्देहीका एकजना हुन् । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई महिला र दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज–२ की ७५ वर्षीया महिलाको शुक्रबार साँझ ६: १५ बजे मृत्यु भएको हो । यस्तै नेपालगन्ज–५ का ८६ वर्षीय पुरुषको साँझ ७ बजे र नेपालगन्ज त्रिभुवन चोक ठेगाना भएका ३५ वर्षीय पुरुषको गएराति ९स्२३ बजे मृत्यु भएको हो । यस्तै नेपालगन्ज–१० की ६१ वर्षीया महिलाको पनि गएराति मृत्यु भएको फाकल पर्सन ओलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।रुपन्देहीमा एक जनाको मृत्यु रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । चैत ३० गते कोरोना संक्रमण पुष्टि भएका पुरुष वैशाख ३ गते बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पताल भर्ना भएका थिए ।उनको उपचारका क्रममा शुक्रबार साँझ ६: ३० मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com