ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्क्रमितको सङ्ख्या दोब्बरले बढ्दै, सकभर घरबाहिर ननिस्कन मन्त्रालयको आग्रह


एबीसी / संवाददाता
बैशाख ८, २०७८ बुधबार  ५ : ३१ बजे

काठमाडौं, ८ बैशाख । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर अत्यधिक बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

सरकारको स्रोत, साधन र संरचनाले थेग्न नसक्ने गरी कोरोना सङ्क्रमण दर बढ्न सक्ने आकलन गरिएकाले अत्यावश्यकबाहेकका काममा घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो छिल्ला दिनको तथ्याङ्क हेर्दा प्रत्येक चार दिनमा सङ्क्रमण दर दोब्बरले बढेको छ त्यसैले आवश्यक कामले भन्दा बाहिर ननिस्कौं । आज मात्रै दुई हजार तीन सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यही दरमा सङ्क्रमण बढ्दै गए सरकारको संरचनाले धान्न नसक्ने हुँदा आम नागरिकले स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने डा. गौतमको भनाइ छ ।

मन्त्रालयले समुदायमा पनि सङ्क्रमण फैलिरहेको जनाएको छ । यसैबीच मन्त्रालयले स्वास्थ्य सेवाको गुणस्तर कायम गर्न प्रयोगशाला, प्रयोगशालमा प्रयोग हुने उपकरण र सामग्रीका साथै रेडियो इमेजिंग सेन्टरमा प्रयोग गरिने उपकरण गुणस्तरीय एवम् भरपर्दो हुनुपर्ने जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति नै निकालेर भनेको छ, प्रयोगशाला र रेडियो इमेजिंग सेन्टरमा प्रयोग हुने उपकरण तथा रिएजेन्टहरू खरिद, प्रयोग र उपयोग गर्दा यूएए–एफडीए, ईयूसीई जस्ता अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तर भएका सामग्री प्रचलनमा ल्याउन सबै सरोकारवालामा अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com