ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कनकाई नदीमा तटबन्ध निर्माण, स्थानीयवासीमा जगायो आशा


admin
पुस ७, २०७४ शुक्रबार  २ : २८ बजे

झापा, ७ पुस । कनकाई नदीमा तटबन्ध निर्माण कार्य शुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

वर्षेनी कनकाई नदीको कटान र डुबानका समस्याले आजित बनेका स्थानीयवासीे तटबन्ध निर्माण शुरु भएपछि हर्षित भएका हुन् । शिवसतासी–७ स्थित चन्द्रडाँगी पूर्व र ५ को भेलामुनीमा रु पाँच करोडको लागतमा तटबन्धको काम भइरहेको इञ्जिनियर दुर्गाप्रसाद शर्माले जानकारी दिनुभयो ।

“बढी जोखिमपूर्ण र प्रभावित स्थानको पहिचान गरी तटबन्धको काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

शिवसताक्षी–४ का सिकिन पासवानले तटबन्धले स्थानीयवासीमा आशा जगाएको बताउनुभयो । “धेरैजना कनकाई नदीको कटानले सुकुम्बासी हुनुभएको छ”, उहाँले भन्नुभयो, “वर्षा शुरु भएसँगै त्रास छाउँछ ।”

अर्का स्थानीय विरेन राजवंशी तटबन्ध शुरु भएपछि बाढीको जोखिम कम हुनेमा विश्वस्त रहेको बताउनुभयो । “हरेक वर्ष दुःखका साथ बर्खायाम बिताउने गरेका छौँ”, उहाँले भन्नुभयो, “तटबन्ध निर्माण शुरु भएसँगै स्थानीयवासीमा आश जागेको छ ।”

शिवसताक्षी नगरपालिकास्थित लालपानीका मानबहादुर थापाले कनकाई नदीको कटानकै कारण आफू सुकुम्बासी भएको बताउँदै तटबन्ध विश्वासिलो र भरपर्दो हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नदीको दुवै किनारमा तटबन्ध गरिएमात्र प्रभावकारी हुने सुझाउ पनि दिनुभयो ।

“नदीको दुवैतिर नियन्त्रणको काम हुनुपर्छ”, उहाँले भन्नुभयो, “नत्र एकातिरको समस्या अर्कोतिर सर्छ ।” कनकाई नदीकै कारण सयौँ परिवार विस्थापित भएको पनि उहाँले सुनाउनुभयो ।

कनकाईले वर्षेनी कैयौँ बिगाहा जमिन कटान गर्ने गरेको छ भने सयौँ घर डुबान र बाढीले बगाउँदा मानवीय क्षतिसमेत हुने गरेको छ । जनताको तटबन्धले यो वर्ष बाँचिएला भन्ने आशा जागेको स्थानीयवासी बताउँछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com