ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव पक्षका गोकर्णविष्टसहित आठ सांसदलाई किन सोधिएन स्पष्टीकरण ? कारण यस्तो


एबीसी / संवाददाता
बैशाख ७, २०७८ मंगलबार  ६ : १४ बजे

काठमाडौ, ७ वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षका गोकर्णविष्टसहित आठ सांसदलाई स्पष्टीकरण सोधिएको छैन । प्रधानमन्त्री ओली सोमवार मध्यराति २ बजेसम्म बालुवाटारमा आफूनिकट नेताहरुसँग बसेर ‘फ्लोर क्रस’ गर्ने तयारीमा रहेका माधव नेपाल पक्षका सांसदहरूको सूची बनाउँदै गर्दा गोकर्णविष्टसहित आठ सांसद परेनन् । आखिरी किन परेनन् माधव नेपाल पक्षका आठ सांसद स्पष्टीकरणमा ? आठ सांसदले माधव नेपालको खेमा छोड्न लागेका हुन् , या अन्य केहि अहिले चर्चापरिचर्चा हुन थालेको छ ।

ओलीले केही दिनयता लगातार माधव नपाल पक्षका धेरैजसो सांसदसँग टेलिफोन र भेटेरै कुराकानी गर्नुभएको थियो। यसरी सोधिनेमा गोकर्ण विष्टलगायतका सांसद पनि  एक रहेको स्रोतले जनाएको छ । विष्टसहित आठ सांसद पार्टी एकताको पक्षमा उभिएपछि प्रधानमन्त्री ओलीले स्पष्टीकरण नसोधेका बालुवाटार स्रोतले जनाएको छ । प्रतिनिधिसभामा एमालेका १२१ सांसदमध्ये माधव नेपालको पक्षमा आइतवारसम्म ३५ जना छन्। मंगलवार स्पष्टीकरण सोधिने सांसदहरुको सूचीमा नेपाल पक्षका ८ जना सांसदको नाम नदेखिएपछि सो समूहमै चर्चा चलेको एक नेताले बताउनुभयो । नेपाल पक्षमा प्रत्यक्ष निर्वाचित २३ जना सांसद रहेकोमा गुल्मीका गोकर्ण विष्ट, सुर्खेतका ध्रुव शाही र दैलेखका राजबहादुर बुढालाई स्पष्टीकरण माग्न नपर्ने बालुवाटार स्रोतको भनाइ छ ।

उनीहरुले माधव नेपाल क्याम्प छोडेका हुन् त रु बालुवाटार स्रोतले क्याम्पको विषयमा प्रष्ट जवाफ नदिई विष्टलगायत आठ सांसद पार्टी एकताको पक्षमा उभिएको दावी गरेको छ । नेपाल पक्षमा १२ जना समानुपातिक सांसद रहेकोमा ५ जना स्पष्टीकरणबाट जोगिएका छन् । बिना बुढाथोकी मगर, गंगा चौधरी सतगौंवा, समिना हुसेन, कलिला खातुन र पार्वती बिसुंखेलाई स्पष्टीकरण सोध्न आवश्यक नदेखिएको एमाले स्रोतले जनाएको छ । स्पष्टीकरण सोधिएका अन्य सांसद पनि पार्टी एकताको पक्षमा उभिए उनीहरूलाई कारवाही नहुने बालुवाटार स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com