ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए जापानले गर्र्यो रक्तदान कार्यक्रम


इन्दिरा खनाल
बैशाख ४, २०७८ शनिबार  ५ : २५ बजे

जापान, , ४ बैशाख । शनिबार जापानको राजधानी टोकियोमा गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सोही कार्यक्रममा नेपाली नागरिक सहित जापानी नागरिकको उल्लेख्य सहभागिता रहेको थियो । टोकियो रेडक्रसको सहकार्यमा सिन्जुकु वार्ड स्थित रेडक्रस ब्लड सेन्टरको कार्यालयमा भएको रक्तदानमा कोरोना महामारीका बीच पनि ५५ जनाले रक्तदान गरेका छन् । जसमा ४३ जना नेपाली र १२ जना जापानी नागरिकले रक्तदान गरेको गैर आवासीय नेपाली संघ जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो । रक्तदान जीवनदान भन्ने नारालाई आत्मसाथ गर्दै एनआरएनए जापानले यो कार्यक्रम गत अक्टोवरमा गर्ने योजना बनाएको थियो तर कोरोना महामारीका कारण सोही समयमा गर्न नसकेको र अहिले गर्न सफल भएको बताएको छ ।

कोरोना संक्रमणबाट सुरक्षित रहन सामाजिक दुरी कायम गर्दै सुरक्षाका सबै मापदण्ड पूरा गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले कोरोना महामारी बढ्दै गएकोले रगतको अभाव हुन नदिन रक्तदान आयोजना गरेको बताउनुभयो ।

एविसी न्युज संग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले सन २०११ मा जापानमा भूकम्प जादा जापानका नेपाली र नेपालले गरेको सहयोगले २०७२ सालको नेपालको भूकम्पमा जापानबाट ठूलो सहयोग भएको स्मरण गर्नुभयो । यस्ता सामाजिक कार्यले नेपाल र जापान बीचको भावनात्मक सम्बन्ध समेत प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको संयोजन एनआरएनए जापानकी महिला संयोजक सगिता अधिकारी सुवेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

सम्बन्धित

आज विश्व हिमनदी दिवस

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com