ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली समाज फासिँवादी निरंकुशतातिर जाने खतरा : अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता

काठमाडौँ, २० चैत्र ।  नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज फासिँवादी निरंकुशतातिर जाने खतरा रहेको बताउनुभएको छ ।  शुक्रबार वामपन्थी नेता स्व.माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले प्राप्त गरिएका राजनीतिक परिवर्तनहरुलाई उल्ट्याउँदै नेपाली समाजलाई फासिँवादी निरंकुशतातर्फ लैजाने खतरा बढेको बताउनुभयो ।

देश भित्र र बाहिरका शक्तिहरु संवैधानिक निकायहरु समेतको संलग्नतामा सेटिङमा लागेको भन्दै उहाँले संविधान, ऐन र मूल्यमान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने अवस्था अहिले रहेको बताउनुभयो । नेपाल र नेपाली जनताको अधिकार र पहिचानका विरुद्ध सेटिङ भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘समाज चरम फासिवादी निरंकुशतातिर जाने खतरा छ । हामी त्यसका विरुद्ध खबरदारी गरेका छौँ । अहिले तपाई हामीले सुन्ने गरेको शब्द एउटा छ । अलि बढी नै सुन्ने गरेका छौँ सेटिङ । देश भित्रका, बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरुकोबीचमा सेटिङ हुने । नियमले काम नगर्ने, संविधानले काम नगर्ने, मूल्यले काम नगर्ने, मान्यताले काम नगर्ने, ऐनले काम नगर्ने, सेटिङले काम गर्ने । त्यो सेटिङ सबै नेपाल राष्ट्र र नेपाली जनताको अधिकारका विरुद्ध, पहिचानका विरुद्ध परिलक्षित हुने यो बिडम्बनाको हामीले सामना गर्नुपर्ने बडो बिचित्रको स्थितिमा हामी अहिले छौं ।’

अध्यक्ष प्रचण्डले वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धीहरुमाथि प्रहार हुन थालेको बताउनुभयो । उहाँले वर्तमान सरकार अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएकोले कम्युनिष्ट प्रति जनताको भरोसा टुट्ने खतरा पैदा भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘कम्युनिष्ट आन्दोलन र वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धी माथि प्रहार हुन थालेको बेला छ यो । जातिय, भाषिक, वर्गिय, उन्मुक्तितिर अगाडी बढेको, लामो संघर्षबाट प्राप्त उपलब्धी माथि प्रहार हुन लागेको अवस्था छ ।

राज्य सबभन्दा बढी सुशासन र पारदर्शिताको प्रतिक हुनुपर्ने हो । सबभन्दा अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएको बेला छ यो । कम्युनिष्टहरुको एकता र उनीहरुप्रति जनताको जो भरोसा थियो त्यो टुट्ने खतरा पैदा भएको बेला छ । कम्युनिष्ट आन्दोलन भित्रैबाट सबैभन्दा वैचारिक ढङ्गले विचलन, विसङ्गति र विकृति माथिल्लो तहमा नै देखिनु, उनिहरुको नेतृत्वमा रहेको सरकार सबभन्दा अपारदर्शी र भ्रष्ट भएका खबरहरु यत्रतत्र देखिनु आफैमा ठुलो विडम्बना भएको छ ।’

अध्यक्ष प्रचण्डले सडक बिस्तारको नाममा सडक नजिकै भएका घरहरु भत्काएर जनतालाई सुकुम्बासी बनाउने अधिकार सरकारसँग नभएको बताउनुभयो । नेपालका नेवार समुदायलाई राज्यले जे गरेपनि हुन्छ भन्ने ठानेर ऐतिहासिक, सांस्कृतिक वैभव र संरचनाहरुलाई विकासको नाममा मिचिदिने प्रवृत्ति बढेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com