ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हराएका ७ किशोरी : शुरुमा ‘गायिक बन्न’ भारत गएको बताएका उनीहरु पछि बोल्न छाडे – प्रहरी


एबीसी / संवाददाता
चैत्र १९, २०७७ बिहीबार  १० : ०३ बजे

काठमाडौं, १९ चैत्र । महोत्तरीबाट हराएका ७ जना किशोरीलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले भारतबाट नेपाल ल्याएको छ । मंगलबारबाट हराएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको प्रदेश–२ प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।

बुधवार राति शसस्त्र प्रहरीका इन्सपेक्टर बिर्खबहादुर शाही नेतृत्वको टोलीले भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर नेपाल ल्याएको हो । किशोरीहरुलाई नेपाल ल्याउन नेपाल प्रहरीका प्रनानी (सई) नेतृत्वको टोली पनि नेपाल–भारत सीमाको भिट्टामोड पुगेको थियो । बिहारको सितामढीस्थित रेल्वे स्टेशनमा भारतीय प्रहरीले किशोरीलाई फेला पारेर सशस्त्र प्रहरीलाई खबर गरेको थियो । भारतीय प्रहरीसँग उनीहरुले ‘गायिक बन्न’ भारत गएको बताएका छन् । भारतीय गैरसरकारी संस्था चाइल्ड लाईनले उनीहरुलाई बुधवार दिनभर काउन्सेलिङ गरेको थियो ।

शुरुमा ‘गायिक बन्न’ भारत गएको बताएका उनीहरु पछि बोल्न छाडेको सशस्त्र प्रहरी नम्बर–२ छिन्नमस्ता बाहिनीका डिआईजी चन्द्र प्रकाश गौतमले बताउनुभयो । भंगाहा नगरपालिका वडा नम्बर–८ धर्मपुरा घर भएका किशोरीहरुलाई अपरिचित महिलाले ललाई–फकाई सितामढी पुर्‍याएका थिए । चउरमा घाँस काट्न जाँदा ति महिलाले ‘गायिका बनाईदिन्छु’ भनेर बम्बई लैजान खोजेको बताइएको छ ।

घाँस काट्न भनेर घरबाट निस्केका उनीहरुलाई कसले र किन त्यहाँ पुर्‍यायो भन्नेबारे महोत्तरी प्रहरीले अनुसन्धान गरिरहेको छ । भारतसम्म किन लगीयो भन्नेबारे अनुसन्धान भइरहेको प्रदेश–२ का डिआईजी धिरज प्रताप सिंहले बताउनुभयो । मंगलबार दिएँसो घाँस काट्न गएका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान हराएका थिए । अस्मिता उच्च मावी भंगहामा कक्षा १२ मा अध्ययनरत छिन् भने रिया र ज्योति कक्षा ८ मा पढ्छन् ।

सीमा र नगिना कक्षा ७ मा पढ्छन् । अर्चना र रंजन कक्षा ५ मा अध्ययनरत रहेको परिवारले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

सम्बन्धित

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com