ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरोनाको दोस्रो चरणको सम्भाबित लहर : एक सातामा ४० प्रतिशतले सङ्क्रमण वृद्धि


एबीसी / संवाददाता

काठमाडौं, १८ चैत्त । नेपालमा कोरोनाभाइरसको दोस्रो चरणको लहर आउने सम्भाबना देखिएको छ । पछिल्लो एक सातामा कोरोनाभाइरसका नयाँ थपिने सङ्क्रमित ४० प्रतिशतले वृद्धि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्रमा कोरोना सङ्क्रमण वृद्धि हुँदा त्यसको असर नेपालमा परेको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक डा. बिराज कर्माचार्यका अनुसार पछिल्लो तीन चार दिनदेखिको ट्रेन्डले कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएको र यसले दोस्रो लहर आउने हो की सम्भाबना बढेको छ ।

गत् सोमबारदेखि बुधबारसम्म दश हजार १८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४७० मा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा मात्रै तीन हजार ९१९ जनाको परीक्षण गरिएकोमा १६२ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

विगतमा भारतमा कोरोना सङ्क्रमण बृद्धि भएको एक महिनापछि मात्रै नेपालमा सङ्क्रमण बढेको ‘ट्रेन्ड’ देखिएको छ । भारतमा फागुन अन्त्यमा चौबीस घण्टामा थपिने सङ्क्रमित १२ हजारमा सीमित भएको थियो । तर एक महिना नबित्दै दैनिक रुपमा थपिने सङ्क्रमित करिब ६० हजार पुगेको छ । भारतमा तीन साताको तुलना गर्दा सङ्क्रमण वृद्धि दर पाँच सय प्रतिशतले बढेको देखिन्छ ।

डा. कर्माचार्यले अन्य छिमेकी राष्ट्रको अपेक्षा भारतमा देखिने सङ्क्रमण नेपालसँग सम्बन्धित रहेको बताउनुहुन्छ । उहाँले भारतमा सङ्क्रमण बढेको एक महिनापछि नेपालमा सङ्क्रमण बढेको ‘ट्रेन्ड’ देखिएको छ । चैत्त महिना यता कोरोना सङ्क्रमितको संख्या बृद्धि भएको छ ।

नेपालमा फागुन अन्त्यमा दैनिक सङ्क्रमित थपिने संख्या ४८ सम्म पुगेको थियो । दैनिक थपिने सङ्क्रमित हाद १५० भन्दा माथि पुगेको छ । फागुन १९ गते ७६६ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेकोमा बिस्तारै बढ्ने क्रममा एक महिनापछि उक्त संख्या दोब्बर भएको छ । हाल एक हजार ४९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो एक सातामा मात्रै भारतमा ५९ प्रतिशतले सङ्क्रमण वृद्धि भएको छ । नेपाल र भारतमा मात्रै नभई दक्षिण एशियामै पनि कोरोनाभाइरसको सङ्क्रमण तीब्र रुपले बृद्धि भएको छ । बङ्गलादेशमा एक सातामा सङ्क्रमण ८४ प्रतिशतले वृद्धि भएको छ । पाकिस्तानमा सङ्क्रमित बृद्धि हुने दर २४ प्रतिशत छ ।

भारतमा पछिल्लो दुई सातामा मात्रै १४० प्रतिशतले सङ्क्रमण बृद्धि भएको छ । सोही अबधिमा बङ्गलादेशमा सङ्क्रमित संख्यामा २४३ प्रतिशतले बृद्धि भएको छ ।

सङ्क्रमण दर बढ्यो

दोस्रो लहर आउने सम्भाबनालाई प्रती पीसीआर परीक्षणमा पुष्टि हुने सङ्क्रमणले समेत बल पुर्याएको छ । फागुन अन्तिम साता प्रति एक सय जनाको आरटीपीसीआर परीक्षण गर्दा एकदेखि दुईजनामा सङ्क्रमणको पुष्टि भएको थियो । तर तीन सातापछि उक्त तथ्याङ्क फेरिएको छ । हाल सङ्क्रमण दर चार पुगेको छ । प्रति एक सय जना परीक्षण गर्दा चार जनामा सङ्क्रमणको पुष्टि भएको छ । उक्त ‘ट्रेन्ड’ बढने अवस्थामा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख बिशेषज्ञ डा. रोशन पोखरेलले खुला सिमानाले आवागमन खुकुलो हुँदा सङ्क्रमण बृद्धि भएको बताउनुहुन्छ । उहाँले आगमन रोक्न नसकिने अवस्थामा ब्यवस्थित र सीमा प्रबेश गरेपछि अनिवार्य क्वारेन्टिनमा बस्ने ब्यवस्था कडाइपूर्बक लागू गर्नुपर्ने सुझाउनुहुन्छ ।

कोभिड १९ को पहिलो लहर आउँदा तयार गरिएको क्वारेन्टिन तथा आइसोलेशन सेन्टर हाल अस्तित्वमा देखिन्न ।

बुधवार बसेको स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना परीक्षण गर्ने निजी र सरकारी गरी ८४ वटै प्रयोगशालालाई तयारी अवस्थामा राख्ने, आइसोलेशन निर्माणका लागि बजेट उपलब्ध गराउने र सङ्घ तथा प्रदेश मातहतका अस्पतालसँगै आधारभूत अस्पतालहरूमा पनि कोरोना सङ्क्रमितको उपचार गर्ने निर्णय भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यस्तै पीसीआर क्षमता बढाउने र काठमाण्डौ उपत्यका प्रवेश गर्नेहरूको आवश्यकताअनुसार परीक्षण र क्वरेण्टीनमा राख्ने काम सुरु गर्ने पनि बैठकले निर्णय गरेको छ ।

मन्त्रालयले ठूलो सङ्ख्यामा मानिसको भेला पूर्णरूपमा रोक्न जुलुस, भिडभाड, सभा सम्मेलन गर्न नदिन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ ।

करणको ब्यवस्थालाई पूर्ब तयारीको अवस्थामा राख्न उहाँले सुझाउनुभयो । तर मन्त्रालयका प्रवक्ता डा. गौतमले भने कोभिड १९ को सङ्क्रमण फैल्न नदिन सामाजिक दूरी बनाएर राख्नु, मास्क अनिवार्य लगाउनु र नियमति हात धुनु अझै महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com