ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरोनाको दोस्रो चरणको सम्भाबित लहर : एक सातामा ४० प्रतिशतले सङ्क्रमण वृद्धि


एबीसी / संवाददाता
चैत्र १८, २०७७ बुधबार  ७ : २३ बजे

काठमाडौं, १८ चैत्त । नेपालमा कोरोनाभाइरसको दोस्रो चरणको लहर आउने सम्भाबना देखिएको छ । पछिल्लो एक सातामा कोरोनाभाइरसका नयाँ थपिने सङ्क्रमित ४० प्रतिशतले वृद्धि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्रमा कोरोना सङ्क्रमण वृद्धि हुँदा त्यसको असर नेपालमा परेको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक डा. बिराज कर्माचार्यका अनुसार पछिल्लो तीन चार दिनदेखिको ट्रेन्डले कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएको र यसले दोस्रो लहर आउने हो की सम्भाबना बढेको छ ।

गत् सोमबारदेखि बुधबारसम्म दश हजार १८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४७० मा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा मात्रै तीन हजार ९१९ जनाको परीक्षण गरिएकोमा १६२ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

विगतमा भारतमा कोरोना सङ्क्रमण बृद्धि भएको एक महिनापछि मात्रै नेपालमा सङ्क्रमण बढेको ‘ट्रेन्ड’ देखिएको छ । भारतमा फागुन अन्त्यमा चौबीस घण्टामा थपिने सङ्क्रमित १२ हजारमा सीमित भएको थियो । तर एक महिना नबित्दै दैनिक रुपमा थपिने सङ्क्रमित करिब ६० हजार पुगेको छ । भारतमा तीन साताको तुलना गर्दा सङ्क्रमण वृद्धि दर पाँच सय प्रतिशतले बढेको देखिन्छ ।

डा. कर्माचार्यले अन्य छिमेकी राष्ट्रको अपेक्षा भारतमा देखिने सङ्क्रमण नेपालसँग सम्बन्धित रहेको बताउनुहुन्छ । उहाँले भारतमा सङ्क्रमण बढेको एक महिनापछि नेपालमा सङ्क्रमण बढेको ‘ट्रेन्ड’ देखिएको छ । चैत्त महिना यता कोरोना सङ्क्रमितको संख्या बृद्धि भएको छ ।

नेपालमा फागुन अन्त्यमा दैनिक सङ्क्रमित थपिने संख्या ४८ सम्म पुगेको थियो । दैनिक थपिने सङ्क्रमित हाद १५० भन्दा माथि पुगेको छ । फागुन १९ गते ७६६ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेकोमा बिस्तारै बढ्ने क्रममा एक महिनापछि उक्त संख्या दोब्बर भएको छ । हाल एक हजार ४९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो एक सातामा मात्रै भारतमा ५९ प्रतिशतले सङ्क्रमण वृद्धि भएको छ । नेपाल र भारतमा मात्रै नभई दक्षिण एशियामै पनि कोरोनाभाइरसको सङ्क्रमण तीब्र रुपले बृद्धि भएको छ । बङ्गलादेशमा एक सातामा सङ्क्रमण ८४ प्रतिशतले वृद्धि भएको छ । पाकिस्तानमा सङ्क्रमित बृद्धि हुने दर २४ प्रतिशत छ ।

भारतमा पछिल्लो दुई सातामा मात्रै १४० प्रतिशतले सङ्क्रमण बृद्धि भएको छ । सोही अबधिमा बङ्गलादेशमा सङ्क्रमित संख्यामा २४३ प्रतिशतले बृद्धि भएको छ ।

सङ्क्रमण दर बढ्यो

दोस्रो लहर आउने सम्भाबनालाई प्रती पीसीआर परीक्षणमा पुष्टि हुने सङ्क्रमणले समेत बल पुर्याएको छ । फागुन अन्तिम साता प्रति एक सय जनाको आरटीपीसीआर परीक्षण गर्दा एकदेखि दुईजनामा सङ्क्रमणको पुष्टि भएको थियो । तर तीन सातापछि उक्त तथ्याङ्क फेरिएको छ । हाल सङ्क्रमण दर चार पुगेको छ । प्रति एक सय जना परीक्षण गर्दा चार जनामा सङ्क्रमणको पुष्टि भएको छ । उक्त ‘ट्रेन्ड’ बढने अवस्थामा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख बिशेषज्ञ डा. रोशन पोखरेलले खुला सिमानाले आवागमन खुकुलो हुँदा सङ्क्रमण बृद्धि भएको बताउनुहुन्छ । उहाँले आगमन रोक्न नसकिने अवस्थामा ब्यवस्थित र सीमा प्रबेश गरेपछि अनिवार्य क्वारेन्टिनमा बस्ने ब्यवस्था कडाइपूर्बक लागू गर्नुपर्ने सुझाउनुहुन्छ ।

कोभिड १९ को पहिलो लहर आउँदा तयार गरिएको क्वारेन्टिन तथा आइसोलेशन सेन्टर हाल अस्तित्वमा देखिन्न ।

बुधवार बसेको स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना परीक्षण गर्ने निजी र सरकारी गरी ८४ वटै प्रयोगशालालाई तयारी अवस्थामा राख्ने, आइसोलेशन निर्माणका लागि बजेट उपलब्ध गराउने र सङ्घ तथा प्रदेश मातहतका अस्पतालसँगै आधारभूत अस्पतालहरूमा पनि कोरोना सङ्क्रमितको उपचार गर्ने निर्णय भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यस्तै पीसीआर क्षमता बढाउने र काठमाण्डौ उपत्यका प्रवेश गर्नेहरूको आवश्यकताअनुसार परीक्षण र क्वरेण्टीनमा राख्ने काम सुरु गर्ने पनि बैठकले निर्णय गरेको छ ।

मन्त्रालयले ठूलो सङ्ख्यामा मानिसको भेला पूर्णरूपमा रोक्न जुलुस, भिडभाड, सभा सम्मेलन गर्न नदिन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ ।

करणको ब्यवस्थालाई पूर्ब तयारीको अवस्थामा राख्न उहाँले सुझाउनुभयो । तर मन्त्रालयका प्रवक्ता डा. गौतमले भने कोभिड १९ को सङ्क्रमण फैल्न नदिन सामाजिक दूरी बनाएर राख्नु, मास्क अनिवार्य लगाउनु र नियमति हात धुनु अझै महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

सम्बन्धित

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com