ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले प्रस्तुत गरेका अध्यादेशहरु अरु विजनेशहरु अवरोध हुँदैन भन्ने ग्यारेन्टी के ? – मन्त्री ज्ञवाली


एबीसी / संवाददाता

काठमाडौं, १८ चैत्र ।  परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिपक्षी लगायतका संसद पुनस्थपनाको पक्षमा लागेका दलहरुको अलमलका कारण संसद बैठक प्रभावकारी नभएको बताउनुभएको छ । रोल।।।
बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री ज्ञवालीले सरकारको कारण संसद प्रभावकारी नभएको नभई प्रतिपक्षी दल लगायत संसद पुनस्थापनाको पक्षमा लागेका दलहरुको अलमलका कारण संसद बैठक प्रभावकारी नभएको बताउनुभएको हो । सरकार संसदलाई विजनेश दिन तयार रहेको उहाँको भनाई छ ।

संसदलाई सहि ढङ्गले अगाडी लैजानको निम्ति सभामुखको नेतृत्वदायी भूमिका हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘विधेयकहरु पहिलो बैठकमा प्रस्तुत गर्न नपाएपछि संविधान अनुसार पनि फेरी प्रस्तुत गर्न केही कठिनाइहरु परे । सरकार विजनेश दिन तयार छ । सरकारका कारणले संसद प्रभावकारी नभएको, संसद बैठक प्रभावकारी नभएको होइन । प्रतिपक्षी दल लगायत संसद पुनस्थापनाको पक्षमा लाग्नुभएकाहरु आफैँ अल्मल्लिनुभएको छ संसद प्रभावकारी नहुनका लागि । सदनलाई सहि ढङ्गले अगाडी लैजाने कुरामा नेतृत्वदायी भूमिका हुनप¥यो सभामुखको । सबै राजनीतिक दलहरुसँग समझदारी हुनुप¥यो । सरकारसँग समन्वय गर्नुप¥यो । भोलि सरकारले प्रस्तुत गरेका अध्यादेशहरु अरु विजनेशहरु अवरोध हुँदैन भन्ने ग्यारेन्टी के ?’

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत जुटाएको दिन सरकारको समर्थन छाड्ने बताउनुभयो । विपक्षी दलले विकल्प दिएपनि आफुहरु सरकारमा बसिनरहने उहाँको भनाई छ । हतारमा समर्थन छोडेर राजनीतिक अस्थिरता तर्फ आफुहरुले लान नचाहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी राजनीतिक स्थायित्व चाहान्छौँ । कि ओलीजीले बहुमत जुटाउनुस्, बहुमत जुटाएकै दिन हामी समर्थन छोडिदिन्छौँ । हामी अस्थिरता चाहादैनौँ स्थिर होस् । तपाई सरकारलाई बहुमत जुटाउनुस् । अरु विपक्षी दलले बहुमत जुटायो भने हामी त्यस दिन छोड्छौँ । हतारमा हामी छोडेर विकल्प पनि दिन नसक्ने भइराखेको सरकारले पनि काम गर्न नसक्ने राजनीतिक अस्थिरताको जिम्मा हामी लिन चाहँदैनौँ ।’

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले देशलाई अनिर्णयको अवस्थामा राख्ने अधिकार कसैसँग नभएको बताउनुभयो । अबको एक हप्ता भित्र सबै विषय टुङ्गिनुपर्ने उहाँको मत छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले आ–आफ्नो निर्णय तुरुन्तै गर्नुपर्ने पनि थापाले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले पनि लामो समयसम्म संसद र देशलाई अलमलमा राख्नुहुन्न । माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने, नलिने तत्काल निर्णय गर्नुपर्छ । जसपाले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भए गर्ने भनोस् । हामीलाई गर्ने भए गर्ने भनोस् ।

हामीले पनि माओवादी र जसपासँग निर्णायक वार्ता गरेर समर्थन लिन सक्छौ, हामीले समर्थन लिएर सरकार बनाउने भनौँ । अब सरकार चलाउने इच्छा छैन भने छैन भनेर भनौँ । हामी अहिले जसरी यो संसदलाई किंकर्तव्यविमुढ जस्तो अवस्थामा बनाएका छौँ यो देश प्रतिको घात हो । हामी सबै मिलेर गरिरहेका छौँ अहिले । अनिर्णयको अवस्थामा राख्ने अधिकार हामी कोहीसँग पनि छैन । अब अधिकतम एक हप्ता भित्रमा यो सबै कुरा हामीले टुंग्याउनुपर्छ ।’

जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले आफुहरुले उठाएका मुद्दाहरुको सम्बोधन गराउनु नै अहिले आफुहरुको कार्यभार रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले अवस्था भनेको हामी, जुन हामीले उठाउँदै आएका सवालहरु छन् । मुद्दाहरु छन् । त्यसलाई सम्बोधन कसरी गराउने रु यो अहिलेको कार्यभार, विगतको आन्दोलनको कार्यभार हाम्रो टाउकोमा छ । आन्दोलनकारीहरुलाई मुद्दा, मामिला लागिरहेको छ, जेलमा हालिराछ, त्यसलाई छुटाउने । सरकारलाई आग्रह गर्ने । दबाब बनाउने । त्यो जिम्मेवारीलाई बहन गर्न खोजेको । आफ्नो मुद्दालाई सम्बोधन गराउने हो ।’

नयाँ सरकार गठनका लागि नेकपा९माओवादी केन्द्र०ले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र प्रमुख प्रतिपक्षी दलको रुपमा सरकार विरुद्द अविश्वासको प्रस्ताव ल्याउन नेपाली कांग्रेस तयार नभएको अवस्था भएपनि नयाँ सरकार निर्माणमा आफुहरुलाई बाधकको रुपमा हेरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com