ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभाको शुन्य समयमा को सांसदले के भने विस्तृतमा


एबीसी / संवाददाता

काठमाडौं, १८ चैत्र ।  नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओली संसदको बैठकमा किन अनुपस्थित हुनुभएको भन्दै प्रश्न गर्नुभएको छ ।  प्रधानमन्त्री ओलीले केही दिन अगाडि आफूमाथि गम्भिर सुरक्षा खतरा रहेको र कुनैपनि बखत आफूमाथि भौतिक आक्रमण हुन सक्ने आसयको अभिव्यक्ति दिएको प्रति आपत्ति जनाउँदै संसदमा अनुपस्थित हुनुको कारण सुरक्षा खतरा अथवा नैतिक खतरा के हो स्पष्ट पार्न माग गर्नुभएको हो ।

प्रतिनिधि सभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसद बडुले प्रधानमन्त्रीको सुरक्षा खतरा बढ्नुको यथार्थ के हो र गृह मन्त्रालयले के कस्तो व्यवस्था गरेको छ संसदमा जानकारी गराउन माग गर्नुभयो । उहाँले प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले आफ्नै देशको सुरक्षा व्यवस्था र सुरक्षा क्षमता माथि प्रश्न उठने गरि गैह्रजिम्मेवार, असत्य र बनावटी अभिव्यक्ति दिनु गलत भएको भन्दै सरकारको जवाफ माग गर्नुभयो ।

नेपाली कांग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले भारत सहित संसारभर फेरी कोरोना फैलिरहेको र त्यो अनुसार नेपालमा पनि संक्रमण बढ्ने देखिएको बताउनुभयो । त्यस अनुसार सरकारको तयारी नपुगेको बताउनुभयो । सरकारले खोप उपलब्ध गराउने, पीसीआर परीक्षण, उपचार व्यवस्था, जमघट सभा घटाउन, क्वारेन्टाइन र आइसोलेसनको अवस्था र जनचेतना फैलाउन सरकारले के कस्तो काम गरेको छ त्यस सम्बन्धमा जानकारी माग गर्नुभयो । उहाँले कोभिड संक्रमण रोकथामका लागि सर्वदलीय बैठकको समेत माग गर्नुभयो ।

कांग्रेस सांसद बालकृष्ण खाँडले यही चैत्र १५ गते आइतबार बाग्लुङ जिल्लाको प्युठान जिल्लासँग रहेको सिमानमा अवस्थित बडिगाउँ गाउँपालिका वडा नं। १०मा हिंसात्मक घटना घटेको र उक्त आक्रमण पछि नेपाली कांग्रेसका बागलुङ जिल्ला सदस्य प्रकाश कुँवर र स्थानीय नेता दीपक परियारको हत्या भएको र दर्जनौं मान्छेहरु घाइते भएकोप्रति अविलम्ब छानविन गरी अपराधिलाई कारबाही गर्न माग गर्नुभयो ।

कांग्रेस सांसद डिला संग्रौंलाले विश्वव्यापी कोरोना महामारिका कारण लाखौं नेपाली श्रमिकले विदेशमा रोजगारी गुमाएको उल्लेख गर्दै दशौं हजार नेपाली स्वदेश फर्किसकेको र उनीहरुको पुनस्थापनाका लागि सरकारले कुनै पहल नगरेको बताउनुभयो । त्यस्तै कोरियामा काम गर्न जान भाषा परीक्षा उत्तिर्ण भएर बसेका श्रमिकहरु कोरिया जान नपाएर अन्योलमा परेको बताउनुभयो । उहाँले नेपाल सरकारलाई कोरिया सरकारसँग वार्ता गरेर समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

कांगे्रस सांसद देवेन्द्रराज कँडेलले सरकारले भ्रट्राचारीको संरक्षणमा सुरक्षाकर्मी खटाएको बताउनुभयो । भ्रट्राचारको प्रकरणमा राजीनामा समेत दिएका पूर्व सञ्चार मन्त्रीलाई गृहमन्त्रालयले सम्मान स्वरुप ‘बाईवान गेट टु’ उपहार स्वरुप दुई जना सेट सहित सुरक्षाकर्मी दिएको भन्दै आपत्ति जनाउनुभयो । यसबाट भ्रष्ट्राचारीलाई सुरक्षा दिने नीति सरकारले लिएको स्पष्ट हुने बताउनुभयो ।
कांग्रेस सांसद प्रकाश रसाईली स्नेहीले बझाङ जिल्ला साइपाल गाउँपालिकाका उपाध्यक्ष कल्पना बोहोराले संघीय सरकारका मन्त्रालय देखि विभिन्न निकायमा स्थानीय नागरिकलाई चामल खुवाउन पाउँ भन्दै धाएको विषय उल्लेख गर्दै अहिले देशका विकट क्षेत्रमा खान नपाएर मर्नुपर्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बझाङका जनताले चामल खान पाउने की नपाउने भन्दै प्रश्न समेत गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९मओवादी केन्द्र०की सांसद पूर्णकुमारी सुवेदीले विस्तृत शान्ति सम्झौताका कामहरु पुरा हुन किन ढिलाई भइरहेको छ भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । यस्तै सत्यनिरुपण तथा मेलमिलाप आयोगका कामहरुको बारेमा जानकारी माग गर्नुभयो । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अहिले सम्मको कार्यप्रगतिको बारेमा समेत जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

माओवादी केन्द्रका सांसद टेकबहादुर बस्नेतले प्रतिनिधि सभा पुनस्थापना भएपछि सरकारको उदासनिताका कारण प्रतिनिधि सभा शुन्य समयमा समिति भएको बताउनुभयो । यस्तै सरकारले ‘जिल्ला लोकतन्त्रका योद्धा अभिलेखिकण २०७७’ भन्ने गोप्य समिति बनाएको पाइएको र यो भनेको के हो र किन बनाइएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सांसद दलबहादुर रानाले नेपाल सरकारले छिटो छरितो माध्यमबाट पुल निर्माण कार्य सम्पन्न गरी जनतालाई सेवा सुविधा दिन ध्यानाकर्षण गराउनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत निर्माण भइरहेका १७ सय ९३ वटा पुलहरु मध्ये पुलको निश्चित लम्बाई भन्दा माथिका, केन्द्रीय सडक योजना भित्र परेका र निर्माण कार्य शुरु भइसकेका बाहेक सबै पुलहरु स्थानीय पूर्वाधार विकास विभागलाई हस्तान्तरण गर्न माग गर्नुभयो ।

नेकपा एमालेका सांसद नवराज शिलवालले जेनेभा स्थित इन्टर पार्लामेन्ट युनियनले नेपालका अधिकांश सांसदहरु सार्वजनिक यातायातमा संसद पुग्नेगरेको र कुनै कार्यालय राख्न नसकेको तरपनि राम्रो काम गरेको उल्लेख गरी रिपोर्ट सार्वजनिक गरेको बताउनुभयो । उहाँले यस्तो समस्या समाधान गर्न संसदका लागि बजेट बढाउन माग गर्नुभयो ।

नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले नुवाकोटको ककनी, बेलकोटगढी र धादिङको धुनिवेसीका स्थानीयले सिसडोल डम्पिङ साइडमा फोहोर फाल्न रोकेको प्रति आफ्नो एकवद्धता रहेको बताउनुभयो । उहाँले स्थानीयका माग पुरा गरी फोहोर व्यवस्थापन गर्ने कार्य अगाडि बढाउन सरकारसँग माग गर्नुभयो ।

नेकपा एमालेकी सांसद पार्वती कुमारी बिशुन्केले दैलेख जिल्लाकी आठबीस नगरपालिका वडा नं। ३ की ३५ वर्षिय गर्भवती सुकु बडुवालले ४ छोराछोरी सहित घरेलु हिंसाबाट प्रताडित भई यही फागुन २३ गते अन्तर्राष्ट्रिय महिला दिवसको दिन कर्णाली नदिमा सामुहिक आत्महत्या गरेको बताउनुभयो । यस्ता घटना न्यूनीकरणका लागि माग गर्नुभयो । उहाँले सम्बन्धित कानूनमा पुनरविचार गर्न समेत माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com