ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष ओलीको यो निर्णय स्वेच्छाचारी र निरंकुश : खनाल– नेपाल पक्ष (विज्ञप्तीसहित)


एबीसी / संवाददाता

काठमाडौ, १७ चैत्र ।  प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनासम्म साधारण सदस्य समेत नरहने गरि कारबाहीको निर्णय भयो । तर अध्यक्ष ओलीको यो निर्णय स्वेच्छाचारी र निरंकुश भएको भन्दै खनाल– नेपाल पक्षले मंगलबार नै वक्तव्य निकालेको छ ।

खनाल–नेपाल पक्षले अध्यक्ष्ँ ओलीले नेकपा, नेकपा एमले विभाजन गर्दै देशकै सिंगो कम्युुनिष्ट आन्दोलनलाई ध्वस्त पार्न लागेको आरोप समेत लगाएका छन् । पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार र उपाध्यक्ष भीम रावल साधारण सदस्य समेत नरहने गरि ६ महिनाका लागि निलम्बित भए । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको यो निर्णय वरिष्ठ नेता नेपाल पक्षले निरंकुश र स्वेच्छाचारी भएको भन्दै ठाडै अस्वीकार गरेको छ ।

मंगलबार नेता नेपाल पक्षको स्थायी कमिटी बैठकले वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष ओलीले नवौं महाधिवेशनको मार्गनिर्देशन र सिद्धान्तलाई अवज्ञा गर्दै पार्टीको विधान विपरीत् निर्णय गरेको आरोप लगाउनुभयो ।

त्यसो त, वरिष्ठ नेता नेपाल पक्षले पार्टीमा समानान्तर गतिविधि पनि सञ्चालन गर्दै आएको छ । पछिल्लो समय नेता नेपाल पक्षको जनवर्गिय संगठनहरुको पनि छुट्टैं सक्रियता बढेको छ । मंगलबारको नेपाल पक्षको बैठकले अध्यक्ष ओलीले पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन् । एमाले उपाध्यक्ष्ँ भीम रावलले ओली पार्टी नै फुटाउन उद्धत भएको हो भने समानान्तर गतिविधिभन्दा पनि संगठनात्मक ढंगबाटै अघि बढ्ने बताउनुभयो ।

नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभालाई असंवैधानिक किसिमले विघटन पश्चात् उत्तेजित बनेका अध्यक्ष ओलीले राज्यका विभिन्न निकायहरुलाई निकम्मा बनाउनुको साथै नेकपा पछि षड्यन्त्रपूर्ण ढंगबाट नेकपा एमाले विभाजन गरेर देशको कम्युनिष्ट आन्दोनलाई नै ध्वस्त गर्न खोजेको खनाल–नेपाल पक्षको आरोप छ । यसअघि पार्टीका वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल लगायत भीम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे लगायतका नेताहरुलाई समेत तथाकथित स्पष्टीकरण मागिएको भन्दै खनाल–नेपाल पक्ष असन्तुष्ट छ ।त्यसोे त, खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविधि पनि सञ्चालन गर्दै आएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले पार्टीको विधान र संविधान विपरीत् आफ्ना गतिविधिहरु अगाडी सार्दै आएको उनीहरुको आरोप छ । फागुन २३ को सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिष्ट पार्टीका दुई घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पूर्ववत्अवस्थमा पु¥याएपनि अध्यक्ष ओलीले खनाल–नेपाल पक्षलााई पार्टीको ढोका बन्द गरेको छ ।

जसकारण व्यवहारिक एवम् राजनीतिक रुपमा नेकपा एमाले एक हुन सकेको छैन । खनाल–नेपाल पक्षको पछिल्लो गतिविधि हेर्दा अध्यक्ष ओलीले गरेका निर्णयहरु स्वीकार गर्ने अवस्था थप टरेको देखिन्छ । यसपश्चात् भने सञ्चानलमा रहदै र्आको समानान्तर गतिविधिलाई थप सक्रिय बनाउने वा के गरि अघि बढ्ने भन्ने रणनीति बुन्ने चटारो खनाल–नेपाल पक्षलाई छ । उता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली भने अझैपनि पार्टीको महाधिवेशन वा मध्यावधि निर्वाच्नलाई जोड दिन छाडेका छैनन् । फागुन २३ पनि काुननीरुपमा पूर्व एमाले ब्यू“तिएपनि एमालेभित्र व्यवहारिक एवम् राजनीतिक झन्झट थप बढ्दै जाने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com