ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतका १८ राज्यमा कोरोना भाइरसको नयाँ प्रकार भेटियो : नेपालमा थप १४५ जनामा कोरोना संक्रमण


एबीसी / संवाददाता
चैत्र ११, २०७७ बुधबार  ४ : ४४ बजे

काठमाडौं, ११ चैत ।   भारतका १८ राज्यमा कोरोना भाइरसको नयाँ प्रकार भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्मको तथ्याङ्कको आधारमा भारतको बढिरहेको सङ्क्रमण र नयाँ प्रकारको डबल म्यूटेन्ट भाइरसबीच कुनै सम्बन्ध नभएको बताएको छ ।

कोरोना भाइरसको यो नयाँ प्रकार विभिन्न देशमा देखिइसकेको छ । पछिल्लो केही समयदेखि विश्वका विभिन्न देशसहित भारतमा कोरोना सङ्क्रमण फेरि एक पटक तीव्र गतिमा फैलिरहेको छ ।

नयाँ प्रकारको कोरोना भाइरसबाट नयाँ सङ्क्रमितको नमुनाका १५ देखि २० प्रतिशतमा पाइएको र ती बढी सङ्क्रामक रहेको भारतले जनाएको छ । भारतमा सङ्क्रमण बढेपछि राजधानी दिल्लीका विमानस्थल, बस स्टप र रेल स्टेशनहरूमा यात्रुलाई कोरोना भाइरसको परीक्षण गरिने भएको छ । लगातार कोरोना भाइरस सङ्क्रमण बढेर दोस्रो लहर देखिएपछि दिल्ली सरकारले यो निर्णय गरेको हो ।

गएको हप्ता मुम्बईले पनि व्यस्त ठाउँहरूमा अनिवार्य परीक्षण गर्ने निर्देशन दिएको थियो । भारतीय सरकारले अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा लगाएको प्रतिबन्धलाई अप्रिल ३० सम्म लम्ब्याएकाे छ ।

नेपालमा कोरोना भाइरसका १४५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका १४५ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको उल्लेख गरेको छ ।

पछिल्लो चौबीस घण्टामा नेपालमा तीन हजार ९६३ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। सन्दिपकुमार अधिकारीले बताउनुभएको हो । । यस्तै, ९० जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार १८७ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार १८२ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले हाल ६३ जना क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८।६ प्रतिशत छ । पछिल्लो चौबीस घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म तीन हजार १९ जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको छ ।

यस्तै, काठमाडौं उपत्यकामा ६३ जनामा कोरोनाको भाइरस थप भएको छ । भक्तपुरमा दुई, ललितपुरमा आठ र काठमाडौं जिल्लामा ५३ जना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

सम्बन्धित

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com