ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानचेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश


admin

 

काठमाडौं, ५ पुस । यो सिजन घरेलु प्रतियोगितामा अपराजित रहेको म्यानचेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लेस्टर सिटीलाई टाइब्रेकरमा हराउँदै म्यानचेस्टर सिटीले अन्तिम ४ मा स्थान बनाएको हो । गएराति अवे मैदानमा भएको खेलमा निर्धारित तथा थप गरिएको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । २६ औं मिनेटमा बेर्नार्डो सिल्भाको गोलबाट पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले सुरुवाति अग्रता लिएको थियो । तर इन्जुरी समयको सातौं मिनेटमा जेमी भर्डीले लेस्टर सिटीका लागि बराबरी गोल गरे । अतिरिक्त समयमा दुई तर्फबाट थप गोल हुन सकेन । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । जसमा म्यानचेस्टर सिटी ४–३ ले विजयी भयो । टाइब्रेकरमा म्यानचेस्टर सिटीका गोलरक्षक क्लाउडिओ ब्राभोले दुईवटा सुन्दर बचाउ गरे । उनले लेस्टरका रियाद महरेजको पेनाल्टी प्रहार रोके । जितपछि म्यानचेस्टर सिटीका प्रशिक्षक गार्डिवलाले आफू निकै खुशी भएको बताएका छन् । प्रिमियर लिगको लिडर म्यानचेस्टर सिटीले लिग कपसहित च्याम्पियन्स लिग र एफए कपमा पनि राम्रो गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com