ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानचेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश


admin
पुस ५, २०७४ बुधबार  ११ : ५६ बजे

 

काठमाडौं, ५ पुस । यो सिजन घरेलु प्रतियोगितामा अपराजित रहेको म्यानचेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लेस्टर सिटीलाई टाइब्रेकरमा हराउँदै म्यानचेस्टर सिटीले अन्तिम ४ मा स्थान बनाएको हो । गएराति अवे मैदानमा भएको खेलमा निर्धारित तथा थप गरिएको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । २६ औं मिनेटमा बेर्नार्डो सिल्भाको गोलबाट पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले सुरुवाति अग्रता लिएको थियो । तर इन्जुरी समयको सातौं मिनेटमा जेमी भर्डीले लेस्टर सिटीका लागि बराबरी गोल गरे । अतिरिक्त समयमा दुई तर्फबाट थप गोल हुन सकेन । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । जसमा म्यानचेस्टर सिटी ४–३ ले विजयी भयो । टाइब्रेकरमा म्यानचेस्टर सिटीका गोलरक्षक क्लाउडिओ ब्राभोले दुईवटा सुन्दर बचाउ गरे । उनले लेस्टरका रियाद महरेजको पेनाल्टी प्रहार रोके । जितपछि म्यानचेस्टर सिटीका प्रशिक्षक गार्डिवलाले आफू निकै खुशी भएको बताएका छन् । प्रिमियर लिगको लिडर म्यानचेस्टर सिटीले लिग कपसहित च्याम्पियन्स लिग र एफए कपमा पनि राम्रो गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com