ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मण्डनपुरमा विनाशले विकास ल्यायो…


admin

काभ्रेपलाञ्चोक, ४ पुस । ‘विनाशले विकास ल्याउँछ’ भन्ने भनाइ मण्डनदेउपुर नगर–७ नौबीसेका वरिष्ठ नागरिकलाई सही लाग्न लागेको छ । 

विसं २०७२ वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ र त्यसपछिको परकम्पबाट पूर्णरुपमा क्षति भएको आफ्नै गाउँको महादेवस्थानस्थित कालीदेवी प्रावि भवन आधुनिक रुपमा नवनिर्माण भएपछि उहाँहरुलाई सुन्दै आएको उक्त भनाइमा सत्यता हुँदो रहेछ भन्ने लागेको हो ।

सोही वडाका ७४ वर्षीय गुणनिधि नेपालले भन्नुभयो, “विनाशले विकास ल्याउँदो रहेछ ।” उहाँले आफ्नो गाउँमा बनेको राम्रो भवनमा सुरक्षित अवस्थामा आफ्ना गाउँका नानीहरुले शिक्षा पाएकामा उहाँले खुशी व्यक्त गर्नुभयो । नेपालको भनाइलाई समर्थन गर्दै ६० वर्षीय यमप्रसाद सापकोटाले भन्नुभयो, “भूकम्पपछि नयाँ आधुनिक नयाँ विद्यालय भवन पो बन्यो ।”

एशियाली विकास बैंक(एडिबी)को आर्थिक सहयोगमा विद्यालय भवन बनी व्यवस्थापन समितिलाई हस्तान्तरण हुँदै गरेको कार्यक्रममा आएका यहाँका अभिभावक, शिक्षक तथा विद्यार्थीले खुशी व्यक्त गरेका हुन् । उक्त विद्यालयका नवनिर्मित चार भवन भूकम्प आपत्कालीन सहायता आयोजनाअन्तर्गत शिक्षा मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाइसँग सम्बन्धित सार्वजनिक पूर्वाधार हो ।

भूकम्पपछि पठनपाठनमा समस्या हुनाका साथै यहाँ अध्ययनरत विद्यार्थी अन्यत्र जानु पर्ने बाध्यता थियो । नयाँ भवन निर्माणसँगै नजिकै अन्य विद्यालय तथा निजी विद्यालयमा गएका विद्यार्थी पनि सोही विद्यालयमा फर्किका छन् । सोह विद्यालयको कक्षा ५ मा अध्यनरत सुजन रम्तेल भन्छन्, “राम्रो भवनमा पढ्न पाइने भो, खुशी लागेको छ ।” उनीजस्तै विद्यालयमा अध्ययन गर्दै आएकीसरिता रम्तेलले नयाँ कक्षा कोठा राम्रो र शौचालयको भवन पनि राम्रो भएको बताउनुभयो ।

जिल्लामा २९२ विद्यालय भवन भूकम्पबाट पूर्णरुपमा तथा १३२ विद्यालयमा आंशिक क्षति भएको थियो । ती भवन पनि पुनः तथा नवनिर्माणकै क्रममा छ । जिल्लामा एडिबीको सहयोगमा बन्ने २८ भवनमध्येको यो नै पहिलो हस्तान्तरण गरिएको एडिबीले जनाएको छ ।
कालीदेवी माविका लागि हाल दुई शिक्षक दरबन्दी छ । राहत दरबन्दी र बालकक्षा चलाउने एक एक तथा विद्यालयको निजी स्रोतबाट छ शिक्षक गरी १० जनाले विद्यालयको शैक्षिक गतिविधिलाई सम्हालेका छन् । प्रधानाध्यापक श्रेष्ठका अनुसार भूकम्पलगत्तै विद्यार्थी घटेर ५८ मा सीमित भएकामा भवन बन्ने विश्वास भएपछि यहाँ विद्यार्थी संख्या १२८ पुगेको छ ।

विद्यालय भवन हस्तान्तरण कार्यक्रममा एडिबीका देशीय निर्देशक मुख्थोर खामुदखानोभले नवनिर्मित भवनले विद्यालयका शिक्षक तथा विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा प्रेरित गर्ने विश्वास व्यक्त गर्दै भवनको मर्मतसम्भारमा ध्यान दिन आग्रह गर्नुभयो । विद्यालयका प्रअ श्रेष्ठले गुणस्तरीय शिक्षाका लागि शिक्षक संख्या वृद्धि गर्न माग गर्नुभयो ।

गुणस्तरीय शिक्षामा जोड दिन यहाँका बासिन्दाले जोड दिएका छन् । यसै वडाका ७१ वर्षीय चतुर्नाथ लम्साले भन्नुभयो, “बाहिर बोक्रा, भित्र खोक्रो हुने अवस्था छ, भित्रको गुदी झर्नका लागि सबैको पहल आवश्यक छ ।”
मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवाले शैक्षिक गुणस्तरमा जोड दिइने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम सापकोटाले विद्यालयको चौतर्फी विकासमा ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शिक्षा सचिव मधुप्रसाद रेग्मीले काभ्रेपलाञ्चोकका जस्तै अन्य जिल्लामा भूकम्पबाट ध्वस्त विद्यालय भवनको नवनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त चार भवनमा आठ कक्षा सञ्चालन हुनेछन् । चौकीदार बस्ने ठाउँ, भण्डारण, अपांगमैत्री तथा शौचालयसहितको विद्यालयमा खानेपानीसहित पुस्तकालय र संगीत कक्षाका लागि उपयुक्त स्थान छुट्टाइएका छन् ।

भूकम्पपछिको आवश्यकता आंकलन प्रतिवेदनका अनुसार उक्त भूकम्पमा आठ हजार ७९० जनाले ज्यान गुमाएका थिए भने २२ हजार घाइते भएका थिए । त्यस्तै चार लाख ९८ हजार निजी घर, दुई हजार ६५६ सरकारी भवन र १९ हजारभन्दा बढी कक्षाकोठा पूर्णरुपमा ध्वस्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानसँग ट्रम्प घोषित युद्धविराम स्वीकार गर्‍यो

नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com