ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजबाट सुरु ईपीएलमा ललितपुरबाट जितको खाता दर्ता


admin

काठमाडौं, ३ पुस । आज बाट सुरु भएको क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ईपीएल को पहिलो खेलमा ललितपुर प्याट्रिअट्स विजयी भएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा ललितपुरले काठमाडौं किङ्स एलाभेनलाई ७ विकेटले पराजित गर्‍यो । ललितपुरको जितको लागि ब्याटिङ र बलिङ दुवैमा विदेशी खेलाडीको प्रदर्शन निर्णायक रहृयो ।

राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको टोली ललितपुरले काठमडौंले दिएको ९० रनको लक्ष्य मात्र ३ विकेट गुमाएर १६।४ ओभरमा पूरा गर्‍यो । ललितपुरका लागि भारतीय ब्याट्सम्यान जयकिसन कोल्सावालाले सर्बाधिक अविजित ४४ रन बनाए भने ओपनर कोल्सावालाले ४८ बल खेलेर ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै ललितपुरका कप्तान मल्लले २० रन र कोल्सावालासँग मिलेर दोस्रो विकेटका लागि ५४ रनको अर्धशतकीय साझेदारी गरे । ललितपुरका लागि अर्का भारतीय खेलाडी योगेश नागरले २ रन मात्र बनाउँदा राजवीर सिंहले अविजित १४ रन बनाए ।

काठमाडौंका लागि मेरेनागे फर्नाण्डोले २ तथा सोमपाल कामीले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १८।३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८९ रन बनाएको थियो । काठमाडौंका लागि अ‍ोपनर अमित श्रेष्ठले २७ रन बनाउनुबाहेक अन्यले सन्तोषजनक रन बनाउन सकेनन् । उसका लागि श्रीलंकाली ब्याट्सम्यान अक्षु पर्नाण्डेजले १५ र सोमपाल कामीले १४ रन बनाएका थिए । काठमाडौंका चार व्याट्सम्यान खाता नखोली पेविलियन फर्केका थिए ।

बलिङतर्फ ललितपुरका भारतीय बलर सुबोध भाटीले सर्बाधिक ४ विकेट लिँदा ललित राजवंशीले ३ तथा मेहवुव आलमले २ र योगेश नागरले १ विकेट लिए । ४ ओभरमा १४ रन दिएर ३ विकेट लिएका नेपाली युवा बलर ललित भण्डारी खेलको म्यान अफ द म्याच चुनिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com