ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षण पेशा छाडेर माछापालन व्यवसायमा महेश्वर पन्त


admin

रामपुर पाल्पा, २५ असार । तानसेन नगरपालिका– ७ का महेश्वर पन्त एक सफल माछापालन व्यवसायीका रुपमा चिनिनुहुन्छ । उहाँ जागिर छोडेर यो व्यवसायमा लाग्नुभएको हो ।
तीन वर्षअघि शिक्षण पेशा त्यागेर माछापालन व्यवसायलाई दिगो र आम्दानीको मुख्य स्रोत बनाउनुभएका पन्तले हाल नौ रोपनी जग्गामा माछापालन व्यवसाय गर्दै आउनुभएको हो ।

उहाँको पाँचवटा पोखरीमा सात हजार मूल्य बराबरको माछा छन् । माछा बिक्री गरेर पन्तले एक वर्षमा खर्च कटाएर रु तीन लाख बराबरको आम्दानी गर्नुहुन्छ । उहाँको पोखरीमा कमन कार्प ,सिल्भर कार्प, रघु, नैनी, बिगेट जातका माछा छन् ।
पोखरीबाटै प्रतिकिलो रु चार सयमा माछा बिक्री भइरहेको छ । कृषि विकास कार्यालयले व्यवसायका लागि अनुदानमा माछा पोखरी निर्माणमा एक लाख २१ हजार अनुदान, अक्सिजन दिने मेसिन खरिदका लागि रु ६० हजार, दुईवटा जाल र माछाको आहारका लागि दाना सहयोग गरेपछि व्यवसायमा झनै हौसला मिलेको उहाँले बताउनुभयो ।

विभिन्न अवलोकन भ्रमण, तालिममा सहभागी हुनुभएका उहाँले १३ रोपनी जग्गामा माछापालन व्यवसाय गरेर वार्षिक रुपमा रु सात लाख बराबरको आम्दानी गर्ने सोच बताउनुभएको छ ।

सोही ठाउँकै खड्गबहादुर थापाले पनि माछापालन व्यवसाय थालेपछि उहाँको आम्दानी पनि बढ्दै गएको छ ।

सैनिक सेवाबाट अवकाश भएपछि थापाले आफ्नै छ रोपनी जग्गामा माछा पालेर मनग्य आम्दानी गर्दै आउनुभएको हो । माछाबाट एक वर्षमा रु दुई लाख जति जाहो गर्नुहुने उहाँ भन्नुहुन्छ,“लामो समयसम्म देशको सेवक भएर काम गरियो, “ व्यावसायिक कृषक भएर माछापालनमा लाग्दा बल्ल अहिले निकै रमाइलो महसुस भइरहेको छ” ।

त्यस्तै अर्का माछा व्यावसायी बलबहादुर थापा सरकारी जागिर भन्दा यो व्यवसाय नै राम्रो लागेको बताउनुहुन्छ । उहाँले पनि नेपाली सेनाबाट अवकाश भएपछि माछापालन व्यवसाय सुरु गर्नुभएको हो ।

थापा भन्नुहुन्छ,“जागिरे जिन्दगी बन्धनमै बित्छ, घरमै बसेर व्यवसाय गरे स्वतन्त्ररुपमा जीवन जिउन पाइने हुँदा अहिले जागिरे जीवन सम्झेर निकै पछुतो लाग्छ । ” रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com