काठमाडौं, ३ पुस । जाडोयाम बढेसँगै तराई क्षेत्रमा लागेको हुस्सुको कारण जनजीवन प्रभावित बनेको छ । काठमाडौं उपत्यका लगायत तराईका अधिकांश भागमा बाक्लो हुस्सु लागेका कारण जनजीवन प्रभावित भएको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकामा बिहान ६ बजे हुस्सुका कारण भिजिबिलिटी ५० मिटरको मात्रै रहेको थियो । तर दिउँसो देशभरका विभिन्न ठाउँमा मौसम फेरबदल हुन सक्ने मौसम पूर्वानुमान शाखाले जनाएको छ । पूर्वी क्षेत्रमा आंशिक बदली हुने, पश्चिम तराईमा दिनभर हुस्सु लाग्ने तथा मध्य तथा पूर्वी तराईमा भने दिउँसो हुस्सु हटने सम्भावना रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्