ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

प्रचण्ड–माधव प्रधानमन्त्री खोज्दै अन्तिममा मैकहाँ आइपुग्न बेर छैन : प्रधानमन्त्री ओली


एबीसी / संवाददाता

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना भयो भने मुलुकमा अस्थिरता आउने दाबी गर्नुभएको छ । मंगलबार नेकपा ओली समूहसम्वद्ध राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई राम्रोसँग थाहा भएको बताउनुभयो ।

यदि संसद पुनर्स्थापना भयो भने प्रचण्ड र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो , ‘कहिले उत्तरतिर लाग्नुहुन्छ, कहिले दक्षिणतिर लाग्नुहुन्छ र प्रधानमन्त्री भइदिनुस् न, मानिदिनुस् भन्नुहुन्छ । उहाँहरुको कुनै सम्भावना छ प्रधानमन्त्री हुने ? विल्कुल छैन । एक प्रतिशत पनि छैन ।’ प्रधानमन्त्री ओली अघि भन्नुभयो ‘उहाँहरुले लडाईं जित्नुभयो भने प्रधानमन्त्री खोज्दै हिँड्नु पर्ने हो । खोज्दै हिँड्दा अन्तिममा म कहाँ आइपुग्न बेर छैन ।’ प्रचण्ड–माधव नेपाल बहुमत भएको पार्टी फुटाउने, आफ्नै प्रधानमन्त्री हटाउने र अर्को प्रधानमन्त्री खोज्दै हिँड्ने खेलमा लागेको भन्दै ओलीले भन्नुभयो , ‘त्यस्तो अस्थिरतातिर अदालतले जान दिन्छ होला भनेर म कसरी विश्वास गरुँ ?’ संसद विघटनको बचाउ गर्दै उहाँले संविधान, संसदीय व्यवस्था र अभ्यासले बहुमतको प्रधानमन्त्रीले सरकार चलाउने वातावरण रहेन भने संसद विघटन गर्न सक्ने जीकिर गर्नुभयो । उहाले समयमा चुनाव हुने भन्दै भ्रममा नपर्न आग्रह गर्नुभएको छ । सूर्य चिह्न समेत आफूहरुकै हुने ओलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पशुपतिमा जलहरी राखेकै दिन सर्वोच्चले दियो नराख्न आदेश

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता

कमिटी बैठक सकियो : ओलीले तत्काल राजीनामा दिए एकताको सम्भावना – प्रवक्ता श्रेष्ठ

काठमाडौं, १२ फागुन । सत्तारुढ दल नेकपाको प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ।पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो बसेको बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने

देउवा, प्रचण्ड र माधव नेपालबीच २० मिनेट कुराकानी : देउवाले पार्टी पदाधिकारी बैठक बोलाए

काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर छलफल गर्नुभएको

सम्बन्धित

पशुपतिमा जलहरी राखेकै दिन सर्वोच्चले दियो नराख्न आदेश

कमिटी बैठक सकियो : ओलीले तत्काल राजीनामा दिए एकताको सम्भावना – प्रवक्ता श्रेष्ठ

देउवा, प्रचण्ड र माधव नेपालबीच २० मिनेट कुराकानी : देउवाले पार्टी पदाधिकारी बैठक बोलाए

अदालतले तोकेको समयभित्रै संसद् बोलाउने ओली समूहको निर्णय

यस्तो छ अबको सत्ता समीकरण : नयाँ प्रधानमन्त्री को बन्दै ?

राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ – अध्यक्ष प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com