ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा विघटन मुद्दामा ‘हेर्दाहेर्दै’ को पेसी आज


एबीसी / संवाददाता
फाल्गुन ११, २०७७ मंगलबार  ११ : २३ बजे

काठमाडौं, ११ फागुन ।  प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आजका लागि ‘हेर्दाहेर्दै’ को पेसी तोकिएको छ ।हिजो दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीहरुलाई बहसनोट पेस गर्ने समयसीमा तोकेको सर्वोच्च अदालतले आजका लागि हेर्दाहेर्दैको पेसी तोकेको हो ।

सर्वोच्च अदालतले अबको केही दिनमै प्रतिनिधिसभा विघटन मुद्दाबारे फैसला सुनाउने तयारी गरेको छ । प्रभाव र दबाब बढ्न सक्ने भएकाले जतिसक्दो छिटो फैसला सुनाउनुपर्ने पक्षमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हुनुहुन्छ । पाँच सदस्यीय संवैधानिक इजलासमा दुवै पक्षको बहस सकिएपछि एमीकस क्युरीका कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

एमीकस क्युरीका ५ जना कानुन व्यवसायीमध्ये विजयकान्त मैनालीबाहेक अरु कानुन व्यवसायीले प्रतिनिधिसभा विघटनको कदमलाई गैरसंवैधानिक भनेका छन् । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यावधि चुनावको मिति तोक्दै प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएको थियो । त्यसलगत्तै प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर भएको थियो । सर्वोच्च अदालतले विघटनको निर्णयलाई बदर गर्यो भने तत्काल प्रतिनिधिसभा पुनःस्थापना हुन्छ र प्रतिनिधिसभा बैठक आह्वान गर्नुपर्छ । सदर भयो भने वैशाखमा चुनाव गर्नुपर्ने र चुनाव हुन नसके संवैधानिक संकट आइपर्ने कानुन व्यवसायीहरु बताउँछन् ।

विघटनको निर्णय सदर भएर वैशाखमा चुनाव गर्नुपर्ने भयो भने त्यसअघि नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधन गर्नुपर्ने दबाब निर्वाचन आयोगलाई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

सम्बन्धित

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com