ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइतवार थप १० लाख डोज खोप ल्याइने, पहिलो चरणको अभियान सोमवारसम्म


एबीसी / संवाददाता

काठमाडौं, ८ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि फेरि कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्ने बताउनुभएको छ । आफू नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभामा प्रधानमन्त्री ओलीले भारतसँग किनेको १० लाख डोज खोप आइतवार आइपुग्ने बताउनुभएको हो ।

यसअघि भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपबाट नेपालमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । यसैबीच पहिलो चरणको खोपअन्तर्गत दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आउँदो सोमवारसम्म खोप लगाइने भएको छ ।

शनिवारसम्म मात्र खोप लगाउने तालिका रहे पनि थप दुई दिन खोप लगाउने समय बढाएको खोप शाखाका प्रमुख डा। झलक गौतमले जानकारी दिनुभयो । दोस्रो प्राथामिकतामा जिल्लामा रहेका सरकारी कार्यालयका कर्मचारी, पालिकाका पदाधिकारी र कर्मचारी, वित्तीय संस्थाका कर्मचारी, पत्रकार र अग्रपङ्क्तिमा काम गर्नेलाई खोप लगाइरहेका छन् ।

डा। गौतमका अनुसार अहिलेसम्म तीन लाख ८४ हजार जनाले खोप लगाइसकेका छन् । सरकारले फागुन २३ वा त्योभन्दा अगाडि नै ६० वर्षभन्दा माथि उमेरका मानिसहरूलाई खोप लगाउने घोषणा गरिसकेको छ ।

यस्तै सरकारले २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताएको छ । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com