ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

भागरथीको हत्या गरेको आरोप लागेका किशोरलाई प्रहरीले गर्र्यो सार्वजनिक : प्रहरी समक्ष यस्तो छ बयान


एबीसी / संवाददाता

काठमाडौं, ५ फागुन ।  बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या गरेको आरोप लागेका किशोरलाई प्रहरीले आज सार्वजनिक गरेको छ। बुधबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भागरथी भट्टका बलात्कार तथा हत्या आरोपी सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) उत्तमराज सुवेदीले अभियुक्त किशोरले भागरथीलाई योजनाबद्ध रुपमा मारेको बताउनुभयो । प्रहरीकाअनुसार ती किशोर भागरथी पढ्ने सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ अध्ययनरत थिए।

डीआइजी सुवेदीकाअनुसार माघ २१ गते दिउँसो पौने २ बजेतिर ती किशोर अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएका थिए। त्यसपछि साथीहरुलाई स्थानीय बजारमा छोडेर उनी एक्लै घरतर्फ गएर भागरथीलाई बाटोमा पर्खेर बसेका थिए।
‘मृतक भागरथी पढ्ने गरेको विद्यालयमा पढ्ने ११ कक्षाका अभियुक्तले अन्तिम कक्षा नपढी अर्थात् पौने २ बजे विद्यालयबाट आफ्नो घर जानको लागि अन्य साथीहरुसँग बजारतर्फ गएको भन्ने खुलेको छ,’ (डीआइजी) उत्तमराज सुवेदी भन्नुभयो ,‘निजले शाथीहरुलाई बजारमै छोडेर आफू एक्लै चडेपानीतर्फ हिँडेका थिए।’
त्यसपछि भागरथीसँग शिला गाउँमा भेट भएको तर ती किशोर अगाडि गएको प्रहरीले जनाएको छ। ‘अभियुक्त र भागरथिको शिला गाउँमा भेट भयो तर अभियुक्त भागरथीभन्दा अगाडि गएर मृतकलाई मार्ने उद्देश्यले घटनास्थलमाथि रहेको रोडमा कुरी बसेको भन्ने खुलेको छ,’ डीआइजी सुवेदीले भन्नुभयो ।

कुरेर बसेको स्थानमा भागिरथी पुगेपछि ती किशोरले उनलाई सडकबाट तल धकेलेपछि जबरजस्ती घटनास्थल लगेको प्रहरीले जनाएको छ। ‘जबरजस्ती घटनास्थल लगी दुबै हातले घाँटी अँठ्याएर हत्या गरेको भन्ने खुलेको छ,’ डीआइजी सुवेदीले भन्नुभयो ।

त्यसपछि ती किशोरले बलत्कारको प्रयास गरेको तर बयानमा बलात्कार नगरेको बताएको प्रहरीको भनाई छ। ‘पाइन्ट घुँडासम्म निकाली करणी गर्न खोजेको तर त्यत्तिकै छोडेको भन्ने प्रारम्भिक बयान अभियुक्तले दिएको छ,’ डीआइजी सुवेदीले भने,‘तर, त्यसमा अनुसन्धान जारी छ। त्यसपछि अभियुक्तले भागरथीसँग रहेको मोबाइलको ब्याट्री झिकेर घटनास्थलमा फालेर घरतर्फ गएको।’ प्रहरीले कर्तव्य ज्यान र बलात्कार सम्बन्धि कसुरको आधारमा घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। ‘हामीले घटनाको अनुसन्धान सुरु गरेका छौं,’ डीआइजी सुवेदीले भन्नुभयो ,‘यसमा कर्तव्य ज्यान र बलात्कार सम्बन्धि कसुरको आधारमा मुद्दाको अनुसन्धान अगाडि बढेको छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विस्तृत सम्झौतामा हस्ताक्षर गर्ने काठमाडौं आइपुगे विप्लव

काठमाडौं, २१ फागुन । नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिनुभएको छ । आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गरेका उहाँ केहीबेर अगाडि काठमाडौं आईपुग्नु

कित्ता क्लियर गर्दै नेकपा नेता : दुवै पक्षले बोलाए संसदीय दलको बैठक

काठमाडौं, २१ फागुन । नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार दिउँसो १ बजेका लागि सिंहदरबारमा दलको बैठक बोलाएको छ । संसद पुनर्स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार मुस्कान खातुनलाई

काठमाडौं, १८ फागुन । अमेरिकाले यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई दिने भएको छ ।नेपालमा रहेको अमेरिकी राजदूतावासले विज्ञप्ति

सम्बन्धित

विस्तृत सम्झौतामा हस्ताक्षर गर्ने काठमाडौं आइपुगे विप्लव

कित्ता क्लियर गर्दै नेकपा नेता : दुवै पक्षले बोलाए संसदीय दलको बैठक

प्रहरीको स्कर्टिङमा नवलपरासीबाट काठमाडौं आउँदै विप्लव (फोटोफिचर)

सुखानीको सपनाबाट अन्यत्र नमोडिन योद्धाहरुको खबरदारी

आज प्रधानमन्त्री ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै

सरकार अविचलित निष्ठाका साथ अघि बढ्छ : प्रधानमन्त्री ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com