ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘हामीले भोट दियौँ, अब पानी दिनुस्’


admin

भक्तपुर, ३ पुस । सूर्यविनायक नगरपालिका– १ सिरुटारका ८४ वर्षीय कृष्णबहादुर श्रेष्ठले हालै निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतलाई भन्नुभयो ‘बाबु पानी खान पाइएन, पानी ल्याइदिनुस् है ?’ 

ज्येष्ठ नागरिकले पानीको माग गरेको सुन्दा विजयी ¥यालीसहित सिरुटारको घरदैलोमा जानु भएका बस्नेत र प्रदेशसभा सदस्य निर्वाचित शशिजंग थापा स्तब्ध हुनुभयो । श्रेष्ठले दुवै विजयी नेताहरुलाई टीका र माला लगाएर बधाई दिँदै भन्नुभयो, “धारो छ, पानी छैन, हामीले भोट दियौँ, हामीलाई पानी दिनुस् ।”

सिरुटार उपयोगी चोकका बासिन्दाले हरेक महिना पैसा तिरे पनि पानी नपाउने पीडा भोग्दै आएको सुनाएपछि बस्नेत र थापाले सिरुटारका बासिन्दालाई छ महिनाभित्र धारोमा पानी आउने गरी व्यवस्था गर्ने आश्वासन दिनुभयो ।

बालकोट र सिरुटारको संगमस्थल गुप्तेश्वर महादेव मन्दिरबाट शुरु भएको घरदैलोमा विजयी नेताहरुलाई यहाँका बासिन्दाले बधाई दिँदै सिरुटारमा पानीको निकै समस्या भएकाले पानीको समस्या समाधान गरिदिन माग गरेका थिए । सिरुटारदेखि दधिकोटसम्म पुग्दा घरघर र टोलटोलमा टीका, फूलमाला लगाइदिएर स्थानीयले पानी, सडक र ढलको माग गरेका थिए ।

विजयी नेताहरुलाई टीका लगाइदिएर खादा ओढाइ दिँदै ६० वर्षीय मदनबहादुर गिरीले भोटको बदलामा पानीको व्यवस्था गरिदिन माग गर्नुभयो । उहाँले सिरुटारको तल्लो भेगमा वर्षौंदेखि पानी नआए पनि उपभेक्ता समितिले बेवास्ता गरेको गुनासो गर्दै पानी माग गर्नुभएको थियो ।

सिरुटारको सोमलिङ्गगेश्वर महादेव मन्दिर परिसरमा आयोजित सभामा सांसद बस्नेतले सिरुटारको तलको बासिन्दालाई पानी र माथिको बासिन्दालाई सडकको आवश्यकता परेको भन्दै यो दुवै जनताको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद शशिजंग थापाले सिरुटारलाई धार्मिक पर्यटनको विकास गर्दै यहाँका नागरिकको हरेक मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

विद्या भण्डारीको देशव्यापी हाइकमाण्ड संयन्त्रमा को को छन् ?

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com