ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार जना पूर्वप्रधानन्यायाधीशहरूले सर्वोच्चमा आफै उपस्थित भएर जवाफ दिए


एबीसी / संवाददाता
फाल्गुन ३, २०७७ सोमबार  ४ : ११ बजे

काठमाडौं, ३ फागुन । अदालतको अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीशहरूले सर्वोच्च अदालतमा आफै उपस्थित भएर जवाफ दिएका छन् । अवहेलना मुद्दामा जवाफ पेस गर्दै पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले आफूहरूको विज्ञप्तिले न्याय सम्पादनमा कुनै असर नगर्ने र नागरिकको बोल्न पाउने हकअन्तर्गत विचार राखेको बताएका हुन् । सर्वोच्चमा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले एकल जवाफ बुझाउनुभएको छ भने पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, मीनबहादुर रायमाझी र सुशीला कार्कीले संयुक्त जवाफ बुझाएका हुन् । आफूहरूले अदालतलाई दबाब दिएको हो भन्ने प्रमाण जुटाउन पनि उनीहरूले निवेदकलाई आग्रह गरेका छन् ।

आफूहरूले अदालतको निर्णय प्रक्रियामा कुरा उठाएको नभइ प्रतिनिधि सभा विघटनको निर्णय प्रक्रियाका विषयमा भनाइ राखेको पूर्वप्रधानन्यायाधीशहरूको जवाफ छ । जवाफमा भनिएको छ, ‘संविधानको अध्ययन गर्ने, त्यसबाट धारणा बनाउने, सर्वसाधारणसँग विचार विमर्श गर्ने नागरिकको मौलिक हक भएकाले वैधानिक प्रक्रियालाई हस्तक्षेप नगरि आफ्नो हक अधिकार प्रयोग गर्न डराउनुपर्दैन भन्ने हामी ठान्दछौँ ।’

मनगढन्ते आरोप बोकेर अदालतमा प्रवेश गराउनु न्यायका लागि सहयोग हुन नसक्ने र विचाराधीन मुद्दा हुनासाथ लोकतन्त्र र नागरिकको हकलाई नै प्रभावित गरेको विषयमा विचार राख्न छाड्नुपर्छ भन्ने आफूहरूले नठान्ने पूर्वप्रधानन्यायाधीशले बताएका छन् ।

प्रतिनिधि सभा विघटनबारे वक्तव्य जारी गरेपछि पूर्वप्रधान्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा परेको थियो । उहाँहरूको मुद्दामा सर्वोच्चले आउँदो बिहीवार तारेख तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com