काठमाडौं, २ पुस । आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाबाट प्राप्त नयाँ जनादेशलाई ध्यान दिएर सरकार गठनका लागि मार्गप्रशस्त गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारलाई आग्रह गरेको हो । सरकार गठनका विषयमा सरकार र नेपाली कांग्रेसले संविधानको गलत व्याख्या गरिरहेकोले त्यसले जनमतको अवमूल्यन भएको गठबन्धनको निष्कर्ष छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनमा संवैधानिक रुपमा कुनै अस्पष्टता नरहेको जिकिर गरे । उनले भने, ‘अहिले नै विग्रियो, बाधा गर्यो भन्ने पनि होइन । तर, प्रधानमन्त्रीका अभिव्यक्ति र परामर्शका नाममा भइरहेका गतिविधिलाई हामी हेरिरहेका छौं ।’ उनले प्रधानमन्त्रीबाटै लोकतन्त्रको स्वस्थ अभ्यासमा अवरोध गर्ने गरी अभिव्यक्ति आउनु दुःखद भएको बताए ।
बाम गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवाका पछिल्ला अभिव्यक्ति र गतिविधि लोकतन्त्रविरुद्ध भएको बताएको छ । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणामा आइसकेपछि पहिलो पटक काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै गठबन्धनले प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई स्वस्थ्य ढंगले अगाढि बढाउने कुरामा व्यवधान हुने गरी अभिव्यक्ति दिने गरेको बताएको हो ।
पत्रकार सम्मेलनमा बाम गठबन्धनका नेता तथा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री देउवाले लोकतान्त्रिक मुल्य र मान्यताविपरित प्रधानमन्त्रीबाट अभिव्यक्ति आउनु सकारात्मक नभएको बताए । उनले खासगरी राष्ट्रिय सभा गठनका विषयमा प्रधानमन्त्रीले पछिल्लो समय गरेको चलखेल उपयुक्त नभएको बताए ।
भने ‘निर्वाचन भइसकेर जनमत प्राप्त भइसकेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री आफै संविधान मिचेर काम गर्न खोज्दैहुनुहुन्छ । अहिले निर्वाचन सकेर परिणाम आइसकेपछि सरकारले कुनै ठुला निर्णय सरकारले गर्न सक्दैन तर अध्यादेशका नाममा प्रधानमन्त्री वलजफ््ती गर्दैै हुनुहुन्छ । ’ ओलीले यो राष्ट्रिय महत्वको विषयमा दलहरुसँग परामर्श गर्न जरुरी हुन्छ हुदैन भन्दै प्रश्न गरे । उनले सरकारले खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्न लागेको भन्दै खेलको विचमा नियम बनाउन नमिल्ने बताए । ‘खेल शुरु नहुँदै निमय बनाइन्छ । खेल शुरु भएपछि विचमा आएर नियम परिवर्तन गर्न पाइन्छ रु’ ओलीले भने ।
फरक प्रशंगमा अध्यक्ष ओलीले एमाले माओवादी पार्टी एकीकरण छिट्टै हुने भन्दै त्यो समय धेरै टाढा नभएको बताए । एकीकरण भएपछि पार्टी अध्यष को हुने भन्नेमा विवाद नभएको भन्दै ओलीले भने, ‘मलाई अध्यक्ष चाहिने भए म पनि अध्यक्ष छु । प्रचण्डजी पनि अध्यक्ष हुनुहुन्छ । हाम्रो ध्यान अध्यक्षतिर भन्दा पनि देशले भोगिरहेको समस्या र समाधानतिर छ, जनताको इच्छा आकाक्षा पुरा गर्नेतिर छ । पद ठूलो कुरो होइन छलफल गरेर निर्णयमा पुग्न सकिन्छ ।’ उनले निर्वाचनपछि आएको परिणामले बामहरुको सरकाररको माग गरेको र त्यहि अनुसार सरकार गठन हुने पनि बताए ।
‘संघीय संसद, प्रतिनीधिसभाको परिणााम आयो । समानुपातिक परिणाम आयो अहिलेसम्म केही विग्रियो भन्ने होइन । तर, प्रधानमन्त्रीका गतिविधि र परामर्श नामका क्रियाक्रलाप जायज छैनन ।’ ओलीले भने । निर्वाचन आयोगले मत गणना भएको सातदिनभित्र राष्ट्रपतिलाई पठाउनु पर्नेमा त्यसतर्फ आयोगले समेत वेवास्ता गरेको हो कि भनेर प्रश्न उठ्न थालेको ओलीले बताए । ‘आयोगले नतिाजा राष्ट्रपतिलाई पठाएपछि बल्ल अरु प्रक्रिया अगाडि बढछ्, त्यसमा केही समस्या जस्तो छ मलाई लाग्दैन, तर विभिन्न प्रकारका अपब्याख्या गर्न खोजिएको छ । चाह्यो भने अस्पष्टता निकाल्न सकिन्छ ।’
आफुले प्रधानमन्त्री हुँदा नयाँ प्रधानमन्त्री बन्ने ठाँउ नभएपनि बाधा अडकाउ फकाुउने अध्यादेश बनाएर बाटो खुलाएको स्मरण गर्दै हालका प्रधानमन्त्रीले भने बाटो खुलाउनुको साटो अवरुद्ध गर्न खोजेको बताए ।
सरकारले संविधानको गलत व्याख्या गरिरहेको भन्दै संविधान कार्यान्वयनमा अवरोध नगर्न अनुरोध गरिएको छ । पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष भीम रावलले संयुक्त विज्ञप्ति पढेर सुनाएका थिए ।काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा जारी पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित गठबन्धनका शीर्ष नेता सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्