ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेम दिवसको औचित्य : भ्यालेन्टाइन्स डे के हो र कसरी सुरु भयो ?


एबीसी / संवाददाता

भनिन्छ, प्रेम नै जिवन हो । संसारका हरेक प्राणीहरुलाई एक अर्काको प्रेम तथा मायाको अबश्य नै आवश्यकता पर्छ । प्रेम यो आफैमा पुर्ण र परिपक्क छ । पश्चिमी सभ्यताबाट आयातित ‘डे’ का रुपमा प्रचलित भ्यालेन्टाईन डेलाई कतिपय द्धारा आलोचना पनि गरिएको छ । १४ फेब्रुअरी अर्थात फागुन २ गते विश्वभर भ्यालेन्टाइन डे मनाइन्छ । नेपाली समाजमा पनि प्रणय दिवस वा प्रेम दिवसका रुपमा मनाउने क्रम बढिरहेको छ । भ्यालेन्टाइनलाई फर्केर हेर्दा हजारौं वर्षअघि रोमका राजा क्लोडियसले आफ्नो देशमा सैनिकलाई विवाह नगर्न उर्दी गरेका थिए । राजाको सोच थियो –सेना विवाहको झन्झटमा फसे भने युद्ध गर्न सक्दैनन् ।

भ्यालेन्टाइन पादरी थिए । उनले राजाको आज्ञा उलंघन गर्दै धेरैको विवाह गराए, फलस्वरुप राजाले उनलाई फाँसी दिए । १४ फेब्रुअरीका दिन भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो । आफू फाँसीमा चढेकै दिन उनले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएका थिए । त्यस दिनदेखि यो दिवस ‘सेन्ट भ्यालेन्टाइन डे’ का रुपमा विख्यात भयो । प्रेम कुनै धर्म, जातजाति या भौगोलिक अवस्थामा भर नपर्ने हुनाले पनि योे विश्वभर फैलिएको हो । युवा–युवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन भनेर लिने गरेको छ ।

नेपालमा भने कहिलेदेखि प्रणय दिवस मनाउन थालियो ? थाहा छैन । कसैको संगठित प्रयासबाट शुरुवात नभएकाले आधिकारिक रुपमा भन्न सकिने कुरा पनि भएन । तर शुरुमा पश्चिमा सँस्कृतिको प्रभावका रुपमा यसले प्रवेश पाएको निश्चित साथ भन्न सकिन्छ । पञ्चायातको अन्तपछि नेपाली समाज खुलापनमा प्रवेश ग¥यो । पत्रपत्रिका प्रकाशित हुन थाले । पत्रिकाले १४ फ्रेबुअरीका दिन प्रणय दिवसको चर्चा लेख्न थाल्यो । यसबाट नेपाली समाजमा यसले व्यापक स्थान पाएको हो ।

हुनत प्रेम गर्नेहरुको लागि कुनै विशेष दिनको आवश्यक पनि पर्दैन । तोकिएको कुनै विशेष मिति भन्दा पनि निस्वार्थ माया महत्वपूर्ण हो । तर आम मानसपटलमा बसेको संस्कारलाई कस्ले पो टार्न सक्छ र रु प्रायः जसो व्यक्तिहरु,प्रेमी जोडीहरु आफुलाई एक किसिमको मजबुत र बलियो जोडि स्थापित तथा सावित गर्नको लागि यो दिनलाई विशेषका रुपमा लिने गरेको पाईएको छ । प्रेम दिवसको दिनमा मात्र आफुलाई मन परेको मान्छेलाई प्रस्ताव राखेमा प्रेम मजबुत र दिर्घकालिन हुन्छ भन्ने कदापी हुन सक्दैन । यो त एक प्रक्रिया,पद्धती,अनुभुती तथा मनाउने पाटो मात्र हो । प्रेम आफैँमा एउटा रङ्गीन अनुभूति हो । कसैसँग प्रेमको कल्पना गर्दा मात्र पनि शरीरमा अर्कै तरङ्ग सञ्चार हुन्छ । त्यसमाथि युवा मन, प्रणय चिन्तनले तरङ्गीत बनाउने नै भयो । प्रणय दिवसले प्रत्येक वर्ष संसारका हरेक युवा युवतीको मनमा यस्तै तरङ्ग सृजना गर्दछ । मनमा उत्पन्न भएको तरङ्गलाई आफ्नो मनले खाएकोलाई अभिव्यक्त गर्ने दिन नै हो प्रणय दिवस अर्थात भ्यालेटाइन डे १ यो दिनले धेरै मनहरुबीचको पर्खाल भत्काउँछ । सिमा रेखाहरु मेटाउँछ र दुईमुटुहरुलाई एकाकार गराउँछ । सुन्दर नयाँ संसारको सपना देखाउँछ । यस दिवसको प्रभावले नेपाली युवायुवतीलाई पनि धेरै छोइसकेको छ । प्रेमी–प्रेमिकालाई मनपर्ने उपहार, फूल, भ्यालेन्टाइन चकलेट, कार्ड आदान प्रदान गरेर तथा प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा यस दिनलाई लिने गरिन्छ ।

भ्यालेन्टाइन्स डे के हो र कसरी सुरु भयो ?

फेब्रुअरी १४ Saint Valentine’s Day सामान्यतया: Valentine’s Day को रुपमा प्रख्यात दिन हो  । सन्त भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ लाई विश्वभरिका थुप्रै देशहरूमा भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसको रूपमा मनाइन्छ ।

भ्यालेन्टाइन्स डेको पछाडि एउटा दुस्खद इतिहास लुकेको छ, जुन हामीमध्ये कतिपयलाई जानकारी नहुन पनि सक्छ । यो दिन सुरु हुनुको पछाडि भ्यालेन्टाइनको देन त छ नै तर भ्यालेन्टाइन को हुन् ? र उनको के योगदानले गर्दा यो दिनलाई विशेष रूपमा मनाउन थालियो भन्ने कुरामा भने थुप्रै विचारहरू भेटिएका छन् ।

खासमा तेस्रो सताब्दीमा एक रोममा एक शासक थिए, जसको नाम क्लोडियस । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’

तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरेध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे ।

जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो ।

आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रेम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’

राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले भ्यालेनटाइन डे मनाउन सुरु गरे ।

सुरुवाती दिनमा विधिवत् रुपमा भ्यालेनटाइन डे मनाइन्थ्यो । त्यसबेला प्रेमी-प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदनप्रदान गरिन्थ्यो । त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो । अहिले त्यस स्थानमा रेडिमेड कार्ड छाएको छ । पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदनप्रदान गर्ने भनेकै भ्यालेनटाइन डेमा हो ।

यदि तपाईँले पनि कसैलाई प्रेम गर्नुभएको छ । तर आफ्नो मनको कुरा उनलाई भन्न सक्नुभएको छैन भने फेब्रुअरी १४ तपाईँको लागि उचित समय हुन सक्छ । किनकि यो दिनलाई प्रेम गर्नेहरुले विशेष दिनको रूपमा हेर्छन् । र यो दिनमा आएका प्रस्तावहरूलाई पनि प्रेम गर्नेहरुले सकारात्मक रूपमा नै लिन्छन् त्यसैले फेब्रुअरी १४को सुनौलो अवसर नगुमाउनुहोस ।

दिवसको सान्दर्भिकता

प्रेम दिने भाव हो लिने भाव होइन । प्रेम विशाल अनुभूति हो, विशाल ऊर्जा हो, जसले जीवन सुन्दर, शान्त र उमंगमा जिउन मद्दत गर्दछ । प्रेममा अशान्त, धोका, अभाव आदि छ भनिन्छ भने त्यो प्रेम होइन । न त प्रेम गर्ने कुरा नै हो । पछिल्लो समय नेपालमा पनि प्रेम अर्थात प्रणय दिवसलाई विशेष महत्वका साथ लिने र मनाउने पनि गरीन्छ । प्रेम दिवस अर्थात आजको दिनमा अन्य दिनमा संकोच मान्ने केटा–केटीहरु यो दिनमा खुला हृदयबाट आफ्ना मनका भावहरु प्रस्तुत गर्ने गर्दछन् । प्रेम गर्नु नराम्रो तथा नकारात्म होईन । नेपाली बजारमा पनि अहिले आयातित गुलाबका फूलले फूल पसलहरू भरिएका छन् । युवा जोडी भ्यालेन्टाइन डे कसरी मनाउने भनेर कार्यक्रम तय गर्दैछन् । प्रेम गर्नु र प्रेम दिवस मनाउनु, कार्यक्रममा रमाउनु पटक्कै नराम्रो होइन, तर प्रेम दिवसले दिन खोजेको वास्तविक सन्देश बुझिएको छ कि छैन ? फेब्रअरी १४ मात्र होइन, ३६५ दिन नै कसरी प्रेममय बनाउने रु आफ्नी प्रेमिकासँग मात्र होइन घर–परिवार, साथीभाइ, आफन्तमा कसरी प्रेमको सम्बन्ध राख्ने त्यो महत्त्वपूर्ण पक्ष हुन आउँछ । प्रेम गर्नु राम्रो पक्ष हो । तर पछिल्लो समयमा प्रेमको नाऊँमा कतिपय प्रेमीजोडीहरु देखावटी प्रेमको संज्ञा दिएर स्वार्थ पुर्ती गरिरहेका देखिन्छन् र दिन कटाउने होडवाजीमा हुन्छन् । प्रेम गर्नु पवित्र कार्य हो तर कतिपय प्रेमहरु केहि दिन नजिकिने र छिट्टै टाढिने प्रवृति देख्नमा र सुन्नमा पनि आउँछन् । कतिपय प्रेमीजोडीहरु मायामा धोका पाए भनेर आत्महत्या गरेको घटनाहरु पनि सर्ववितित छन् । प्रेमकै कारणले मानिसको जन्म हुन्छ । मानिस भएर जन्म लिएपछि गाँस, वास, कपास अनि जीवन जिउन प्रेम उसको पहिलो आवश्यकता हो भन्ने सबैलाई ज्ञात छ । त्यसपछि उसको कर्म, असल नियत र सही दिशानिर्देश भएमा अरू धेरै धन, पद, सम्मान आदि उपमा पनि चाहन्छ मानिस यो मानवीय स्वभाव हो भनेर अर्थ लगाइन्छ । तर कुसंस्कार र कुकार्यलाई आत्मसाथ नगरी प्रेम जस्तो पवित्र कार्यलाई मनन् गरी सबैले एक अर्का विच समन्धसेतु तथा भाईचाराको भाव कायम गरी प्रेम गर्न आवश्यक छ ।

फूलका प्रतिकहरु
भ्यालेन्टाइन डेमा प्रेमी–प्रेमिकाबीच सबैभन्दा धेरै रातो रंगको गुलाफको फूल आदान–प्रदान हुन्छ । यो दिन गुलाफको फूलको व्यापार धेरै हुने गर्दछ । रातो गुलाफलाई शान्ति, प्रेम र क्षमताको प्रतिक मानिन्छ । यसलाई प्रेम–प्रस्तावका रुपमा प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतिक हो । प्रेम भावनासँग सम्बन्धि कुरा हो । यसलाई अनेक प्रतीक र बिम्बमा अभिव्यक्त गरिन्छ । धेरै पहिलेदेखि रातो गुलाफलाई प्रेमको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै प्रयोग हुने वस्तु गुलाफको फूल नै हो । गुलाफ आदानप्रदान गरेर युवा युवतीहरुले आपसमा प्रेम प्रकट गर्ने दिन प्रेम दिवस हो । आफुले मन पराएको केटा वा केटीलाई गुलाफको फूल दिएर नै प्रस्ताव राख्ने गर्दछन् । भ्यालेन्टाइन डेको अवसरमा गुलाफको फूलको रङ र यसका अर्थहरुलाई बुझ्नु पर्ने हुन्छ ।

रातो गुलाफ स् यसलाई शान्ति, प्रेम र क्षमताको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा कसैले दिएको रातो गुलाव स्वीकार गर्नु उसको प्रेम प्रस्तावलाई स्वीकार गर्नु हो । यो रङ्ग प्राय जसो धेरैलाई मन पर्ने फूल पनि हो ।

गुलाफी गुलाफ स् यसलाई मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा कसैले गुलाफी रङको गुलाफ दिनुको अर्थ, अब मेरो मुटुको ढड्कन तिम्रै लागि भन्नु हो । यो रङ्गको फूललाई पनि कतिपय प्रेमी प्रेमिकाहरु आफ्नो मायाको प्राय सच्चा प्रतिक ठानेर आदानप्रदान गर्ने गर्दछन् ।

सेतो गुलाफ स् यसलाई साँचो माया र स्वच्च हृदयको प्रतीक मानिन्छ । कसैप्रति स्वच्च हृदयले साँचो प्रेम गरिएको भए भ्यालेन्टाइन डे मा सेतो गुलाफ दिनु पर्दछ । भावुक वातावरणको प्रतीक पनि सेतो गुलाफलाई मानिन्छ । यसलाई शुद्धको प्रतिकका रुपमा पनि लिने गरिन्छ ।

पहेँलो गुलाफ स् यसलाई मित्रताको प्रतीक मानिन्छ । खास गरी फ्रेण्डसिप डे मा यसको प्रयोग हुन्छ । तर कसैले भ्यालेन्टाइन डे का दिन पहेँलो गुलाफ दिएमा मित्रताको प्रस्तावका रुपमा बुझ्नु पर्दछ । प्रेम दिवसमा खास गरी यो रङ्गको प्रयोग कमै गरिन्छ ।

कालो वा गढा रङको गुलाफ स् यसलाई विदाइको प्रतीक मानिन्छ । यदि कुनै कारणबस प्रेम सम्बन्धलाई निरञ्तरता दिन नसक्ने अवस्था भएमा भ्यालेन्टाइन डेका दिन कालो गुलाफद्धारा सम्बन्ध टुङ्ग्याउन सकिन्छ । तर यो वर्षको भ्यालेन्टाइन डेमा कसैले यस्तो गुलाफ साट्न नपरोस् ।

प्रेम मानिसले खुसी खोज्न गर्दछ तर धेरैलाई यसैले दुःखी बनाइरहेको हुन्छ । समय, अवस्था र परिस्थितिमा पनि भर पर्दछ । सबैको प्रेम सफल हुन्छ भन्ने छैन । प्रेम समझदारी, समर्पण, इमानदारिता, विश्वास र पवित्रताको प्रतीक हो । यी कुराहरु भएनन् भने अर्थ्हिन हुन्छ । भ्यालेन्टाइन डे पक्कै आयातित सँस्कृति हो । तर यसको सन्देश गलत छैन । अहिले विश्व एउटा गाउँमा परिणत भइरहेको बेला यो सबै जाति, वर्ग, लिङ्ग, सभ्यता र धर्मको साझा दिवस भएको छ । यसलाई स्वीकार नगर्ने सचेत वर्ग कमै होलान् । यसको सकारात्मक पक्षलाई लिउँ । भद्दा नक्कल नगरौं ।

प्रेमीप्रेमिकाबीचको प्रेम होस् या पतिपत्नीबीचको प्रेम, बाआमा र छोराछोरीबीचको प्रेम, साथीभाइ, इस्ट्र मित्र बीचको प्रेम होस् या अरू कुनै सम्बन्ध बनाएको प्रेम होस् । सम्बन्ध छ र प्रेम छ, यो कारणवश गरिएको जस्तो प्रेम नै हामीले बुझेको हुनुपर्छ । त्यसैले त सम्बन्ध रहँदासम्म प्रेमको अनुभूति छ, रमाइलो र खुसी छ । यो वर्षको भ्यालेन्टाइन डे सबैको शुभ रहोस । ह्याप्पी भ्यालेन्टाइनस डे 2021।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com