ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

सरकारले निजी क्षेत्रको सहकार्यलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री ओली


एबीसी / संवाददाता

काठमाडौ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताउनुभएको छ । उहाँले विकास निर्माणको काम सरकारले मात्र एक्लैले गर्न सम्भव नभएकाले निजी क्षेत्रको सहकार्यलाई नै प्राथमिकतामा राखिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका–३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केवलकारको आज बुटवलमा शिलान्यास गर्नुहुँदै सरकारले निजी क्षेत्रसँगको सहकार्यमा विकासलाई अगाडि बढाउन जोड दिएको उल्लेख गर्नुभयो । उहाँले आयोजनाका निर्माणकर्ताहरुले आयोजनाको काम एक वर्षभित्र सक्ने प्रतिबद्धता जनाएकामा प्रशंसा गर्दै यसका लागि जे जस्तो सहयोग चाहिन्छ सरकारले पूरा गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले निजी क्षेत्रको आर्थिक लगानीमा सरकारले जग्गा उपलब्ध गराउने, बाटो निर्माण र ट्र्याक खोलेर निजी क्षेत्रसँग विकासमा सहकार्य गरिरहेको समेत बताउनुभयो । “कर तिर्नुस् नाफा कमाउनुस्”, उहाँले भन्नुभयो, “विकास सबैका लागि हुनुपर्छ र सबैका लागि विकास भएमा जनतामा पनि खुशी छाउँछ ।” प्रधानमन्त्रीले कोभिड–१९ ले देशको पर्यटन क्षेत्रलाई पुगेको धक्कालाई समेत यस्ता आयोजनाहरुले मुलुकको पर्यटन क्षेत्रको विकासमा पनि सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले बुटवलको जनसङ्ख्या, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकमाझ यो केवलकार लोकप्रिय बन्नेछ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले बुटवलमा मानव अस्तित्वको एक करोड वर्ष पुरानो आदिमानव रामापिथेकसको दाँत फेला परेको वैज्ञानिक तथ्यले पुष्टि भएको हुँदा मानव सभ्यताको उद्गमस्थल यस ऐतिहासिक ठाउँमा यस्ता विकासका पूर्वाधारले पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्नेछ भन्नभयो । उहाँले बुटवल क्षेत्र ज्ञानमूभि, ध्यान भूमि र तपोभूमि रहेको भन्दै यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई पनि सघाउ पुु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

शिलान्यास कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलमा विकास निर्माणका कामले गति लिएका छन् र यसबीचमा लुम्बिनी केवलकार ‘रोलमोडल’ बन्न सक्ने र यसले आफ्नो लक्षित प्रतिफल छिट्टै नै प्राप्त गर्ने विश्वास दिलाउनुभयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले विकास सबैका लागि हो, यो आयोजनाबाट लुम्बिनी प्रदेशका वासिन्दा निकै खुशी भएका छौँ भन्नुभयो ।

लुम्बिनी केवलकार प्रालिका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय सङ्गमस्थलसहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्नस्वरुप यो आयोजना शुरु गरिएको बताउनुभयो । उहाँले प्राकृतिक सौन्दर्यले समेत सुशोभित यस सुन्दर पुण्यभूमिको पर्यावरणीय संवेदनशीलतालाई कायमै राखी स्थानीय साझेदारीको माध्यमबाट नागरिकको जीवनस्तर उकास्ने र पर्यटनको विकासमार्फत देशको समृद्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आयोजनाका संस्थापक सदस्य रमेश शर्माले लामो समयको प्रतीक्षापछि आयोजनाले गति लिएकामा खुशी व्यक्त गर्दै आयोजना समयमै पूरा गर्ने बताउनुभयो । बुटबल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र तिनाउ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले आयोजनाले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

लुम्बिनी केवलकार प्रालिद्वारा निर्माण हुने यस केवलकार बमघाटबाट माथि वसन्तपुर डाँडासम्म पुग्नेछ । तीन किलोमिटर लामो केवलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधासम्पन्न होटेल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सत्ता साझेदारीबारे प्रचण्ड -नेपाल समूह र जसपाका नेताहरुबीच छलफल

काठमाडौं, १३ फागुन ।   नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच छलफल भएको छ ।प्रतिनिधिसभा पुनःस्थापनासँगै अब बन्ने नयाँ

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघ्यो : भारतमा दोस्रो चरणको खोप अभियान मार्च १ देखि

काठमाडौं, १३ फागुन ।  विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघेको छ ।अहिलेसम्म कोरोनाका कारण २५ लाख ८ हजारभन्दा धेरैको ज्यान

नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला उपाध्यक्ष गौतम विहानै खुमलटार पुगेर यस्तो गरे प्रस्ताव

काठमाडौं, १३ फागुन । नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र

सम्बन्धित

सत्ता साझेदारीबारे प्रचण्ड -नेपाल समूह र जसपाका नेताहरुबीच छलफल

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघ्यो : भारतमा दोस्रो चरणको खोप अभियान मार्च १ देखि

नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला उपाध्यक्ष गौतम विहानै खुमलटार पुगेर यस्तो गरे प्रस्ताव

मुलुकमा नयाँ राजनीतिक कोर्ष शुरु : कसको पक्षमा कति सांसद (नामसहित)

उर्लाबारी युवक मृत्यु प्रकरण : प्रहरीमाथि अनुसन्धान सुरु

पशुपतिमा जलहरी राखेकै दिन सर्वोच्चले दियो नराख्न आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com