ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेतृ रामकुमारी झाक्री पक्राउ प्रक्रण : नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने प्रयास (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौ, १ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अपमानजनक अभिव्यक्ति दिएको आरोपमा नेकपा नेतृ रामकुमारी झाक्रीलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएर साढे ५ घण्टापछि रिहा ग¥यो । झाक्रीलाई पक्राउ गरेकोमा सबैजसो राजनीतिक दल, नेता र पार्टीका भातृ संगठनहरुबाट चर्को विरोध भयो । लोकतान्त्रिक व्यवस्थामा बोलेकै भरमा कुनै व्यक्तिमाथि राज्यद्रोह मुद्दा लगाएर सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको नेताहरुले टिप्पणी गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध खरो अभिव्यक्ति दिंदै आएकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरी प्रशासनले बिहीबार हिरासतमा लिएसँगै प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरु थप उग्र बनेका थिए । नेकपाका शिर्ष नेताहरुसहित प्रतिपक्षी नेताहरुले समेत अभिव्यक्तिकै कारणमा झाँक्रीलाई पक्राउ गर्नु वाक स्वतन्त्रताको हनन् भएको भन्दै विरोध गरे ।

आन्दोलनरत राजनीतिक दल र नागरिक अगुवाहरुको चर्को दबाब पश्चात् झाक्रीलाई केही घण्टा पश्चात् प्रहरीले रिहाई गरेको थियो । आफू इतरका दल तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने प्रयासस्वरुप सार्वजनिक सभामा दिएको राजनीतिक अभिव्यक्तिलाई लिएर नेकपाकी नेतृ रामकुमारी झाक्रीलाई माघ २९ गते बिहीबार प्रहरी प्रशासनले हिरासतमा लिएसगै सबैजसो दलका नेता, युवा, विद्यार्थी तथा नागरिक तहबाट चर्को विरोध भयो । प्रतिनिधिसभा विघटनविरुद्धमा खरो अभिव्यक्ति दिंदै आएकी नेकपा नेतृ झा“क्रीले माघ २८ गतेको नेकपाकोे गरेको विरोधसभामा सांकेतिक रुपमा मुखमा टा“सिएको कालो टेप खोल्दै बोल्न पाइन्छ भनेर सत्तारुढ नेकपालाई चुनौती दिनुभएको थियो । हामीले लडेर ल्याएको लोकतान्त्रिक व्यवस्थामा बोल्न पाइन्छ भन्दै झा“क्रीले प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नो धारणा राख्नुभयो ।

त्यसो त, झाक्रीलाई नियन्त्रणमा लिने दबाब केही दिनयता प्रहरी प्रशासनमा थियो नै र यसको सूचना पनि झाक्रीलाई थियो । यसैको प्रतिकार स्वरुप हुनुपर्छ माघ २८ गतेको विरोधसभामा झाक्री थप आक्रोशित रुपमा प्रस्तुत हुनुभयो । यसअघि माघ १६ गते पनि झा“क्रीले गोरखाको सिरान्चोक गाउपालिकामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बडामहाराज र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बडामहारानी भनेर सम्बोधन गर्नुभएको थियो । झाक्रीले राष्ट्रपति भण्डारी टिप्पणी गर्न समेत योग्य नभएको भन्दै निर्वाचन गर्ने भए शीतल निवासको कार्गेड छोडेर कोटेश्वर वा बालकोट गए हुन्छ भनेर चेतावनी दिनुभयोे । झा“क्रीले वि.सं. २०५० सालमा जननेता मदन भण्डारीको मृत्यु पश्चात् सेतो साडीमा विद्या भण्डारीलाई चुनाव उठाएर तात्कालीन नेकपा एमालेले गलत संस्कृति बसालेको समेत बताउनुभएको थियो ।

यस पश्चात् झाक्रीको अभिव्यक्तिबारे विभिन्न कोणबाट टिकाटिप्पणी सुरु भयो । राष्ट्रपति भण्डारीकी छोरी उषाकिरण भण्डारीले गल्ती सेतो साडीमा नभई दृष्टिकोणमा भएको भन्दै आफ्नी आमाको सेतो साडीबारे प्रश्न उठाउने तपाई को हो भन्दै झाक्रीलाई सामाजिक सञ्जालमार्फत प्रश्न गर्नुभएको थियो । यसैगरि, अखिल नेपाल महिला संघले झाक्रीको टिप्पणी राष्ट्रपतिको चरित्र हत्या गर्ने खालको अमर्यादित भएको भन्दै गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापन पत्र बुझाएको थियो र थापाले पनि यसबारे छानबिन गरि कारबाही गर्ने निर्देशन दिएको बतायो । राजनीतिक टिप्पणी गरेकै आधारमा झा“क्रीलाई पक्राउ गरेर सरकारले आफ्नो राज्यशक्तिको दुरुपयोग गरेको र यो सामन्ती एवम् तानाशाही प्रवृत्तिको उपज भएको आन्दोलनरत नेकपा लगायत प्रतिपक्षी दलका नेताहरुले समेत बताए । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि बोलेकै भरमा सरकारले राजद्रोहको मुद्दा लाउनु अभिव्यक्ति स्वतन्त्रतामाथी अंंकुश लगाएको भन्दै उनीहरुले आलोचना गरे ।

आफ्नै निवास शंखमुलबाट पक्राउ परेकी झाक्री चौतर्फी दबाबका कारण केही घण्टामै रिहाई हुनुभयो । झाक्रीको अभिव्यक्तिलाई बौद्धिक जमात्ले कति राम्रो मान्न सकेका थिए वा थिएनन् तर, बोलेकै आधारमा राज्यशक्ति नै एउटा व्यक्तिमाथी खनिनु भने अभिव्यक्ति स्वतन्त्रतामाथीको हनन् भएको भन्दै सबै नै खुलेआम् रुपमा प्रस्तुत भएका छन् । नेकपा नेतृ रामकुमारी झाक्री गिरफ्तारी र रिहाइ प्रकरणले सरकार अभिव्यक्ति स्वतन्त्रताको दायरा संकुचित पारेर विरोधी आवाज दवाउन चाहन्छ भन्ने सन्देश गएको छ । यसले एकातर्फ प्रचण्ड–नेपाल नेकपाका नेता तथा कार्यकर्ताहरुलाई थप आन्दोलिते बनाएको छ भने अर्कोतर्फ यसैपनि अल्पमतमा पर्दै आएको ओली सरकारमाथी शंकाको घेरा थप फराकिलो पारिदिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com