ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना महामारीका कारण लामो समय बन्द रहेका स्याङ्जाका ४९ वटै होमस्टे सञ्चालनमा ( भिडियोसहित)


सालिकराम पोख्रेल

काठमाडौ, १ फागुन ।  कोरोना महामारीका कारण बन्द रहेका स्याङ्जाका होमस्टेहरु करिब एक वर्षपछि सञ्चालनमा आएका छन् । संक्रमणको दरमा विस्तारै कमी आउ“दै जान थालेपछि स्याङ्जाका ४९ वटा होमस्टे एकसाथ सञ्चालनमा आएका हुन् ।

नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशको सहयोग र डिडिआसी स्याङ्जाको आयोजनामा नेपालकै पहिलो ग्रामीण पर्यटकीय क्षेत्र सिरुवारी होमस्टेबाट जिल्लाभरका होमस्टे शुरु भएको सन्देश दिइएको छ । त्यस अबसरमा आँधिखोला गाउँपालिका वडा नं. १ का वडाध्यक्ष लोकप्रसाद ढकालले कोरोना महामारीका कारण वन्द रहेका स्याङ्जा ४९ वटै होमस्टे एकैसाथ संचालनमा ल्याइएको घोषणा गर्नुभएको थियो ।

जिल्लाभरका होमस्टे संचालनमा आएसंगै नेपालको पहिलो ग्रामीण पर्यटकीय क्षेत्र सिरुवारीमा रहेको सिरुवारी होमस्टे पनि संचालनमा आएको छ । सिरुवारी होमस्टेमा पाहुनाहरु गाउँमा आउँदा स्थानीय आमासमुह र युवाक्लवबाट गाउँ नजीकैको बाटोदेखि नै पन्चेबाजा, फूलमाला र स्वागत सत्कार गरिएको थियो । सिरुवारी होमस्टेमा घरघरमा पाहुना वाडफाड गरि वसाउने गरिन्छ । यो होमस्टेमा गुरुङ समुदायको संस्कृती झल्कने भेषभुषा र रहनसहन तथा खानपानमा पाहुनाले मनोरन्जन लिन सक्नेछन् । सिरुवारी होमस्टेले गुरुङ संस्कारलाई पर्यटनसंग जोडन खोजीएको सिरुवारी होमस्टेका संयोजक जुम बहादुर गुरुङले वताउनु भयो ।

२०५४ सालमा नेपालकै पहिलो ग्रामीण पर्यटकीय क्षेत्र सिरुवारीमा होमस्टे संचालनमा आएको हो । १ हजार ६१० मिटर उचाइमा रहेको यो होमस्टे स्थापनाकालमा ४३ घरवाट संचालन गरिए पनि अहिले २३ घरमा सीमित छ । होमस्टेमा एकरातमा ६० जनासम्म पाहुन राख्न सक्ने गरि ब्यवस्थापन गरिएको छ । महामारीका कम भएका कारण होमस्टे खोल्न लागिएको वताउदै आमासमुह र युवाक्लव सवै मिलेर अझ राम्रो गरि संचालनमा ल्याउने तयारी गरिएकोसंचालकको भनाई छ ।
कोरोनाका कारण संचालनमा नआउँदा घाटामा रहेका होमस्टे संचालनमा आएसंगै यहाका संचालकहरु खुसी भएका छन् । कोभिडका कारण ११ महिना देखी होमस्टेहरु वन्द हुदा संचालकहरु मारमा परेका थिए । होमस्टे संचालनमा नआउदा अन्य आय स्रोत नहुनेलाई घर ब्यवहार चलाउन गाह्रो भएको वताउदै र अब होमस्टे संचालनमा आएसंगै खुसी लागेको माया गुरुङको भनाइ छ ।

कोरोना महामारीले ठप्प भएको पर्यटन ब्यवसाय विस्तारै उठन थालेको छ । स्याङ्जामा संचालन भएका होमस्टेहरुमा विविधता छ । यहाका होमस्टेहरुमा आत्मीयता र सरसफाई, कृषी, प्याराग्लाइडीङ, क्यानोनीङ र स्टीमर लगायतका विविधतासँग जोडेर संचालनमा ल्याइएको होमस्टे संघ स्याङजाका अध्यक्ष मोहन खनालको भनाइ छ ।

स्याङ्जामा अधिकांश होमस्टे गुरुङ र मगर समुदायबाट संचालित छन् । स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङको पहलमा शुरु गरिएको होमस्टे अहिले देशभरका घरवास कार्यक्रमको अभिभावक वन्न पुगेको छ । नेपालका ग्रामीण भेगमा संचालनमा आएका यस्ता होमस्टेहरुले ग्रामीण क्षेत्रको वसाइसराइ केही हदसम्म कम हुने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com