ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालतमा मुद्दा छ, जुलुसमा नारा लगाएर यही गर् भन्न मिल्दैन : सभापति देउवा


एबीसी / संवाददाता
माघ २९, २०७७ बिहीबार  ४ : ५८ बजे

काठमाडौं, २९ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिहरूलाई आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नेपाली कांग्रेस आदिवासी जनजाति केन्द्रीय विभाग, नेपाल आदिवासी जनजाति सङ्घले बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नेपाली कांग्रेस र आदिवासी जनजातिको सवाल विषयक प्रशिक्षण कार्यक्रम’ मा बोल्दै सभापति देउवाले आदिवासी, जनजाति तथा दलितहरूलाई आफ्नो पार्टीको पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । उहाँले नेपाली कांग्रेस पार्टीले आदिवासी, जनजाति, महिला, दलितलगायतका सबैलाई आरक्षणको व्यवस्था गरेकाले कांग्रेस मात्रै समावेशी पार्टी भएको पनि बताउनुभयो । कांग्रेस समावेशी पार्टी भए पनि उल्टो प्रचार भएकाले उल्टो प्रचारलाई चिर्दै आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको नेता देउवाको भनाइ छ । उहाँले भोलि सरकार बनाउनुपर्ने अवस्थामा आदिवासी जनजातिको पनि साथ चाहिने उल्लेख गर्दै नागरिकलाई आफ्नो पक्षमा ल्याउने गरी काम गर्न नेताहरूलाई निर्देशनसमेत दिनुभयो ।

सभापति देउवाले प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा विचाराधीन भएकाले यसबारेमा नेपाली कांग्रेसले बोल्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अदालतमा मुद्दा छ, नारा लगाएर यही गर् भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनौँ, जुलुसले हुने भए किन चाहियो अदालत ?  ’ चुनावबाट सरकार बनाउने राजनीतिक व्यवस्थामा पार्टीले सधैँ चुनावका लागि तयारी गरिरहनुपर्ने भन्दै उहाँले आउँदा दिनमा आउन सक्ने संसद् पुनर्स्थापना अथवा चुनाव दुवैको तयारीमा रहन पनि निर्देशन दिनुभयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधि सभा विघटन असंवैधानिक भए पनि चुनावलाई असंवैधानिक भन्न नमिल्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको उपचार प्रतिनिधि सभाको पुनर्प्राप्ति नै भएको भन्दै चुनाव वा पुनर्स्थापनाबाट नै संविधानलाई लिकमा ल्याउन सकिने उहाँले बताउनुभयो । प्रतिनिधि सभाको पुनर्स्थापना र चुनाव दुवै संवैधानिक बाटो भएको उहाँको भनाइ छ ।नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कम्युनिस्टहरूले चुनाव जितेसम्म नेपालमा समृद्धि नआउने बताउनुभयो । कम्युनिस्टले चुनाव जितेसम्म जातजाति तथा संस्कृतिको सशक्तीकरण पनि नहुने उहाँको भनाइ छ । सहमहामन्त्री महतले नेपाली कांग्रेसले पार्टीलाई समावेशी बनाएको कुराको प्रचारलाई पनि बलियो बनाउनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसले गरेको काम जनतासम्म पुर्‍याउन नसकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

सम्बन्धित

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com