ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालतमा मुद्दा छ, जुलुसमा नारा लगाएर यही गर् भन्न मिल्दैन : सभापति देउवा


एबीसी / संवाददाता

काठमाडौं, २९ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिहरूलाई आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नेपाली कांग्रेस आदिवासी जनजाति केन्द्रीय विभाग, नेपाल आदिवासी जनजाति सङ्घले बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नेपाली कांग्रेस र आदिवासी जनजातिको सवाल विषयक प्रशिक्षण कार्यक्रम’ मा बोल्दै सभापति देउवाले आदिवासी, जनजाति तथा दलितहरूलाई आफ्नो पार्टीको पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । उहाँले नेपाली कांग्रेस पार्टीले आदिवासी, जनजाति, महिला, दलितलगायतका सबैलाई आरक्षणको व्यवस्था गरेकाले कांग्रेस मात्रै समावेशी पार्टी भएको पनि बताउनुभयो । कांग्रेस समावेशी पार्टी भए पनि उल्टो प्रचार भएकाले उल्टो प्रचारलाई चिर्दै आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको नेता देउवाको भनाइ छ । उहाँले भोलि सरकार बनाउनुपर्ने अवस्थामा आदिवासी जनजातिको पनि साथ चाहिने उल्लेख गर्दै नागरिकलाई आफ्नो पक्षमा ल्याउने गरी काम गर्न नेताहरूलाई निर्देशनसमेत दिनुभयो ।

सभापति देउवाले प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा विचाराधीन भएकाले यसबारेमा नेपाली कांग्रेसले बोल्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अदालतमा मुद्दा छ, नारा लगाएर यही गर् भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनौँ, जुलुसले हुने भए किन चाहियो अदालत ?  ’ चुनावबाट सरकार बनाउने राजनीतिक व्यवस्थामा पार्टीले सधैँ चुनावका लागि तयारी गरिरहनुपर्ने भन्दै उहाँले आउँदा दिनमा आउन सक्ने संसद् पुनर्स्थापना अथवा चुनाव दुवैको तयारीमा रहन पनि निर्देशन दिनुभयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधि सभा विघटन असंवैधानिक भए पनि चुनावलाई असंवैधानिक भन्न नमिल्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको उपचार प्रतिनिधि सभाको पुनर्प्राप्ति नै भएको भन्दै चुनाव वा पुनर्स्थापनाबाट नै संविधानलाई लिकमा ल्याउन सकिने उहाँले बताउनुभयो । प्रतिनिधि सभाको पुनर्स्थापना र चुनाव दुवै संवैधानिक बाटो भएको उहाँको भनाइ छ ।नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कम्युनिस्टहरूले चुनाव जितेसम्म नेपालमा समृद्धि नआउने बताउनुभयो । कम्युनिस्टले चुनाव जितेसम्म जातजाति तथा संस्कृतिको सशक्तीकरण पनि नहुने उहाँको भनाइ छ । सहमहामन्त्री महतले नेपाली कांग्रेसले पार्टीलाई समावेशी बनाएको कुराको प्रचारलाई पनि बलियो बनाउनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसले गरेको काम जनतासम्म पुर्‍याउन नसकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com